सर्लाहीको चन्द्रनगर गाउँपालिकाले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान पूजा महतोलाई सम्मान गरेको छ।महोत्तरीको गौशाला नगरपालिका निवासी महिला राष्ट्रिय क्रिकेट टिमकी अलराण्डर उपकप्तान महतोलाई चन्द्रनगर गाउँपालिकाले रु ५५ हजार नगद र सम्मान–पत्रसहित सम्मान गरेको गाउँपालिका अध्यक्ष राज कुमार महतोले जानकारी दिए ।उनका अनुसार मधेशको छोरी भएर पूजाले हाँसिल गरेको सफलता र यहाँका अन्य छोरीहरुलाई पनि खेल क्षेत्रमा प्रेरित गर्न गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोको अध्यक्षता एवम जिल्ला समन्वय समिति सर्लाहीका उपसभापति जीतेन्द्र महतोको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान महतोलाई नगद र सम्मान–पत्रसहित सम्मान गरिएको हो ।नगद र सम्मान–पत्रसहित सम्मान कार्यक्रममा बोल्दै नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान पूजाले ग्रामीण क्षेत्रमा आफू जस्तै क्रिकेटरको जन्म भएको हेर्न चाहेको बताईन् ।
चन्द्रनगर गाउँपालिकाले सोही कार्यक्रममा गाउँपालिका भित्रका दुई जना सहीद विद्या सागर महतो र शिवकुमार रामको परिवारलाई जनही रु २५ हजार नगद र अधिकार प्राप्तीका लागि जेल जीवन निर्वाह गरिरहेका गाउँपालिकावासी नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवारलाई समेत रु २५ हजार नगदसहित सम्मान–पत्रसहित सम्मान गरेको गाउँपालिकाकी उपा अध्यक्ष गीतादेवी महतोले बताईन् ।