समाचारको प्रभाव : सर्लाहीका आठ वटा पेट्रोल पम्पहरुको अनुगमन,विशालमा सिल

363 Shares

सर्लाहीको मलंगवा नगरपालिका ४ स्थित रहेको विशाल आयल स्टोर्समा जिल्लास्तरिय अनुगमन समितिले सिल गरेको छ।सर्लाहीका विभिन्न स्थानमा रहेका आठ वटा पेट्रोल पम्पहरुको अनुगनको क्रममा कम परिमाण पेट्रोलियम पदार्थ बिक्रि गरेको तथा मेसिनको सिल फोरेर परिमाण घटाउने गरेको पाइएपछि मलंगवा नगरपालिका ४ स्थित रहेको विशाल आयल स्टोर्समा सिल गरिएको अनुगमन समितिका संयोजक एवम सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी शिवहरी पोखरेलले जानकारी दिए ।
उक्त पेट्रोल पम्पले कुल लिटरको चार वटा सिल भाँचेर परिमाण भन्दा कम पेट्रोलियम पदार्थ बिक्रि गरेको पाइएपछि उक्त पेट्रोल पम्पलाई सिल गरेर तीन दिनभित्र गुणस्तर तथा नापतौल कार्यालय जनकपुरमा आवश्यक कागजात सहित उपस्थित हुन भनिएको कार्यालयका प्राविधिक बाल कृष्ण दासले बताए ।
उनका अनुसार मलंगवा नगरपालिका ४ कै नुतन श्रुती आयल स्टोर्स,ब्रम्हपुरी गाउँपालिका ३ भेल्हीको प्रिया आयल स्टोर्स,इश्वरपुर नगरपालिका ७ बयलवासको श्री रोयल फ्युल सेन्टर,कविलासी नगरपालिका ७ गैर बजारको रामबाबु आयल स्टोर्स,मधु आयल स्टोर्स, लालबन्दी नगरपालिका ६ स्थित लालबन्दीमा रहेको रामछविला आयल स्टोर्स र लालबन्दी नगरपालिका १ नवलपुरको वर्काती फ्युल सेन्टरमा गरिएको अनुगमनमा अरु पेट्रोल पम्पहरु मापदण्ड मै रहेका छन् ।
अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालय सर्लाहीको नेतृत्वमा गुणस्तर तथा नापतौल कार्यालय  जनकपुर र घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीले आ आफ्ना नै सरोकारका कामहरु गरेको घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका प्रमुख संजिव कुमार दुवेले बताए ।
सर्लाहीका विभिन्न पेट्रोल पम्पहरूमा गुणस्तर र परिमाण सम्बन्धी अनियमितता बढ्दै गएको भन्दै व्यापक गुनासो आएपछि अनुगमन टोली सक्रिय बनेको हो।अनुगमनका क्रममा सबै पेट्रोल पम्पहरुले पाँच देखि १५ मिलिलिटर सम्म कम पेट्रोलियम पदार्थ बिक्रि गर्ने गरेका पाइएपनि प्रति लिटरमा १५ मिलिलिटर सम्म कम पेट्रोलियम पदार्थ बिक्रि गर्दा मापदण्ड अनुसार नै हुने गुणस्तर तथा नापतौल कार्यालय जनकपुरले जनाएको छ ।कमलामाई मिडिया प्रा.लिले“पेट्रोलियम पदार्थमा व्यापक मिसावट र परिमाण कम,सरोकारवाला बेखबर”शिर्षकमा समाचार प्रकाशन गरेपछि सरोकारवाला तातेको हो ।

https://kamalamaikhabar.com/news/7107

सम्बन्धित समाचार