सर्लाहीका सरोकारावालाहरु निष्क्रिय हुँदा जिल्लाका संस्थागत विद्यालयहरुले मनोमानि रुपमा शुल्क असुली रहेका पाइर्एको छ।जिल्लामा सञ्चालित संस्थागत विद्यालयहरुले विद्यार्थीहरुबाट असुल्ने शुल्कमा हरेक विद्यालयमा फरक फरक रहेको पाइएको हो ।
जिल्लामा साना तथा ठूला गरी करिब एक हजार संस्थागत विद्यालयहरु रहेका भएपनि कतिपय विद्यालयहरु प्याव्सन र कतिपय विद्यालयहरु एनप्याव्सनमा आवद्ध रहेका छन् भने केही विद्यालयहरु कतै पनि नजोडिएका भएपनि उनीहरुले असुल्ने शुल्कमा एकरुपमा कतैपनि छैन् ।
सरकारले शिक्षालाई नैसर्गिक अधिकारका रुपमा लिएको छ।सरकारी विद्यालयका कुनै पनि बालबालिकाबाट शुल्क लिन नपाउने भनी नेपालको संविधानमै उल्लेख छ।तर त्यो कार्यान्वयन भने हुन नसकिरहेको अवस्थामा संस्थागत विद्यालयहरु झन गुणस्तरियताको नाममा चर्को शुल्क असुल्न माहिर रहेका छन्।सामुदायिक विद्यालयहरुले अंग्रेजी कक्षाका साथै अन्य विभिन्न वाहनामा शुल्क असुली रहेका पनि सरोकारवाला मौन देखिँदा संस्थागत विद्यालयहरुको ज्यादती अझैँ बढेको अभिभावकहरुको गुनासो छ ।स्थानीय निकायहरुका साथै शिक्षा विकास तथा समन्वय ईकाईले संस्थागत तथा सामुदायिक विद्यालयहरुको नियमन गर्नुपर्नेमा उनीहरु समेत बेखरबर देखिएका छन्।जसको फाईदा संस्थागत विद्यालयहरुले भरपुर लिई रहेका छन् ।
जिल्लाका सबै संस्थागत विद्यालयहरुले गुणस्तरीयताको नाममा चर्कौ शुल्क असुलेर अभिभावकलाई आर्थिक भार थपि रहेको अभिभावकहरुको गुनासो छ ।सामुदायिक विद्यालयहरुमा कार्यरत रहेका शिक्षकहरुले समेत संस्थागत विद्यालय सञ्चालन गरेका छन् भने उनीहरुले सामुदायिकम विद्यालयहरुमा भन्दा संस्थागत विद्यालयहरुमा बढी समय खर्चिने गरेका छन् ।जिल्लामा कति संस्थागत विद्यालयहरु,कुन कुन तहका र अनुमती लिए नलिएका भन्ने विषयमा शिक्षा विकास तथा समन्वय ईकाई तथा जिल्लाका स्थानीय तहहरुमा कुनै विवरण समेत नरहेको पाइएको छ । जसका कारण संस्थागत विद्यालयहरुले असुली धन्दा चलाई रहेका छन् ।