Close This

एक सातामा पनि आएन रिपोर्ट,स्थानिय त्रसित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-३० गते   ३४६ पटक हेरिएको

सर्लाहीको लालबन्दी र बरहथवाबाट थ्रोट स्वाब संकलन गरी पठाएको एक साता भएपनि  रिपोर्ट नआउँदा जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयबासी त्रसित बनेका छन् ।
वडाध्यक्ष सहित तीनजनामा कोरोना भाईरस पोजेटिभ देखिएपछि लालबन्दीमा गत शनिबार ६१ जनाको स्वाब संकलन गरेर जनकपुर पठाईएको थियो । त्यस्तै सोमबार १२३ जनाको थ्रोट स्वाब हेटौंडा पठाईएको थियो । तर दुवै ल्याबबाट अहिलेसम्म रिपोर्ट नआएको लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख शान्ती लामाले  जानकारी दिनुभयो ।
‘दुवै ठाउँबाट रिपोर्ट आउनै ढिला भयो, सबैले सोधेर हैरान पारिसके, अनि फेरि रिपोर्ट ढिला आउँदा संक्रमित व्यक्ति निर्धक्क बजारमा घुमिरहेको हुन सक्ने त्रास पनि छ’, भने बजारमा अनावश्यक हल्लाका कारण हैरान भएको उप प्रमुख लामाले बताउनु भयो ।
  संक्रमितहरुको सम्पर्कमा आएकाको आधारमा तथा ज्वरो आउने,घाँटी दुख्ने,टाउँको दुख्ने र रुघा खोकी लाग्ने  लगायत अन्य स्वास्थ्य समस्या देखिएकाहरुको स्वाब संकलन गरेर पठाइएको भएपनि रिपोर्ट आउँन ढिलो हुँदा स्थानीयमा त्रास बढेको लालबन्दी नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक सुरेन्द्र खतिवडाले बताउनु भयो ।
त्यस्तै बरहथवा नगरपालिकाले पनि गत शनिबार नै ३ सय ८ जनाको स्वाब संकलन गरेर वीरगंज पठाएको थियो । त्यसको पनि अझै रिपोर्ट नआएको नगरपालिकाले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech