जसपा नेपालबाट १० जना उम्मेदवार सिफारिस,क्षेत्र नम्बर ३ बाट प्रेस मञ्चका का.वा.अध्यक्ष मनोज सिफारिस

260 Shares

फागुन २१ को हुने प्रतिनिधि सभा निर्वाचनका लागि जनता समाजवादी पार्टी(जसपा)नेपाल सर्लाहीले चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।जसपा जिल्ला कमिटीको बैठक बसेर चारवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचन प्रत्यक्ष तर्फ उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।
जस अनुसार सर्लाही क्षेत्र नं. १ बाट सन्जयकुमार पासवान,रामविश्वास राय र सुधिरकुमार यादव,क्षेत्र नं. २ बाट भरत चौधरीको एकल नाम,क्षेत्र नं. ३ बाट मनोजकुमार यादव,रामपृत पासवान,डा.जयप्रकाश यादव र विनोद यादव तथा क्षेत्र नं. ४ बाट रामपृत पासवान र उदयकान्त मिश्रको नाम सिफारिस गरिएको जसपा नेपाल सर्लाहीले जनाएको छ ।

316518d5-d690-48c4-bf29-575c8ce85cf7.jpeg

यता,प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज कुमार राय यादवलाई जसपा नेपाल सर्लाहीले क्षेत्र नम्बर ३ बाट पहिलो नम्बरमा प्रत्यक्ष तर्फ उम्मेदवारको रूपमा सिफारिस गरेको छ। यादव पार्टी स्थापना कालदेखि नै प्रचार–प्रसार,संगठन निर्माण तथा विभिन्न जिम्मेवारी सम्हाल्दै हाल प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्षको रूपमा सक्रिय रहँदै आएका छन्।

सम्बन्धित समाचार