सर्वाेच्चको आदेशपछि सर्लाहीका १५ हजार बढी सुकुम्बासी,दलित तथा अव्यवस्थित बसोबासीहरुमा खुसी

203 Shares

भूमि समस्या समाधान आयोगमा निवेदन दिएका सर्लाहीका करिब १५ हजार सुकुम्बासी,दलित तथा अव्यवस्थित बसोबासीहरुमा खुसीयाली छाएको छ।सर्वाेच्च अदालतले भूमि आयोज खारेजीको अन्तरिम नेपाल सरकार मन्त्री परिषद्को निर्णय विरुद्ध दायर भएको रिटमा आयोगको पक्षमा सर्वाेच्च अदालतको आदेश आएपछि सर्लाहीका १५ हजार दुई सय ११ सुकुम्बासी,दलित तथा अव्यवस्थित बसोबासीहरुमा खुसीयाली छाएको हो ।
सर्वाेच्च अदालतले आयोगको पक्षमा आदेश गरेपछि भस्मि समस्या समाधान आयोग ताहाचाल काठमाण्डौँले पुस ९ गते सबै जिल्ला समितिलाई पत्राचार गर्दै भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ तथा प्रचलित नियमानुसार काम कार्बाही अघि बढाउन आदेश भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार असोज २४ गते नेपाल सरकार भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट मन्त्रीपरिषद्बाट आयोग खारेज गर्ने प्रेश विज्ञप्ती जारी गरेको थियो।त्यस लगतै उक्त निर्णयका विरुद्ध सर्वाेच्च अदालतमा परमादेशको आदेश माग गर्दै रिट दायर भएको थियो ।उक्त रिट माथि सर्वाेच्च अदालतले आयोगको पक्षमा निर्णय गरेपछि आयोगको केन्द्रीय कार्यालयले सबै जिल्ला कार्यालयहरुलाई आफ्ना नियमित काम कार्बाही अघि बढाउन आदेश भएपछि अब आयोगको काम नियमित हुने सर्लाहीका अध्यक्ष मदन वि.क.ले जानकारी दिए ।उनका अनुसार सुकुम्बासी,दलित तथा अव्यवस्थित बसोबासीहरुका समस्या दिर्घकालीन रुपमा समाधान गर्ने उद्धेश्यले तथ्यांक संकलन,प्रमाणिकरण र जग्गा वितरणको प्रक्रिया पुन निरन्तर हुने भएको छ ।
सुकुम्बासी,दलित तथा अव्यवस्थित बसोबासीहरुको तथ्यांक संकलन,प्रमाणिकरण र जग्गा वितरणको काममा ठूलो जनशक्ति र आर्थिक खर्च भएको अवस्थामा अन्तरिम सरकारको निर्णयले सर्लाहीका सुकुम्बासी,दलित तथा अव्यवस्थित बसोबासीहरुमा निराशा छाएको थियो ।
नेपालको संविधानले नै सुनिश्चित गरेको भूमि अधिकार कार्यान्वयन गर्न आयोगले थालेको काम सफलतापूर्वक सम्पन्न हुन दिनुपर्ने भूमि अधिकार मञ्च सर्लाहीकी अध्यक्ष भवानी घिमिरेले बताईन्।उनका अनुसार नम्बरी जग्गाको अभावमा धेरै नागरिकहरु बैँकबाट ऋण र सरकारी सेवा सुविधाबाट बञ्चित हुनु परेको छ ।विगत दुई वर्षदेखि सर्लाही सहित देशैभरी भूमि अधिकार मञ्चले भूमि अधिकारको सवालमा काम गरि रहेको छ।मञ्चले भूमिहिनहरुको अधिकार खोस्ने कुनै पनि निर्णयको विरोध गर्ने चेतावनी दिँदै आयोग पुन : स्थापनको पक्षमा आन्दोलन समेत गर्दै आएको थियो ।

सम्बन्धित समाचार