लालबन्दी नगरपालिकाकी एक नगर प्रहरी जवानको जागिर च्यैट

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-७-१६ गते   ४३६ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले एकजना नगर प्रहरी जवानलाई बर्खास्त गरेको छ ।लालबन्दी नगरपालिकामा कार्यरत नगर प्रहरी जवान अनिता विश्वकर्माले आफ्नो जीम्मेवारी पुरा नगर्नुका साथै खटाएको ड्युटी पुरा नगरी कामकाज नगरेको पाइएको भन्दै नगरपालिकाले बर्खास्त गरेको एक सूचना जारी गरेको छ ।
“२०८० असोज २९ गते देखी खटाएको ड्युटी पुरा नगरी कामकाज नगरेको र यस कार्यालयको सम्पर्कमा समेत नआएको हुँदा यस कार्यालयको मिति २०८०/०७/१५ को निर्णयानुसार निजलाई नगर प्रहरी सेवामा नरहने गरी सेवाबाट हटाईएको व्यहोरा जानकारी गराईन्छ ।” नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
प्रशासकीय अधिकृत रेवती प्रसाद पौडेलले हस्ताक्षर गरी कातिक १५ गते बुधबार जारी गरिएको सूचनामा सो कुरा उल्लेख गरिएको हो । लालबन्दी नगरपालिकाले केहि महिना पहिला मात्रै नगर प्रहरी भर्ना गरेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech