विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९ ) संक्रमणको मौका छोपी सर्जिकल सामग्री बिक्री गर्ने व्यवसायीहरूले मास्कमा अनुचित मूल्य बढाएका छन् । व्यापारी व्यावसायीहरुले प्रतिपिस मास्क २ रुपैयाँ ४ पैसामा होलसेललाई बिक्री गरेको भएपछि उनिहरुले रु १५ सम्ममा विक्रि वितरण गरेको एक उपभोक्ता रविन कार्कीले बताउनु भयो ।
‘बढी मूल्य लिई उपभोक्ता ठगी गरिरहेका सर्जिकल हाउस÷स्टोरलाई आवश्यक अनुगमन गरि कारबाही गर्न आवश्यक रहेको अर्काे उपभोक्ता विशाल साहले बताउनु भयो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम बिलबीजक जारी गर्नु पर्नेमा विल विजक समेत जारी नगरि व्यापारी व्यावसायीहरुले ऐनको दफा ३८ (घ) को धज्जी उडाएको पाइएको हो ।
ऐनको दफा ३९ (१) (क) ले यस्ता फर्म तथा थोक खुद्रा व्यापारी व्यावसायीहरुलाई रु ५ हजार सम्मजरिवाना समेत गर्नेसक्ने व्यावस्था भएपनि अनुगमनको जिम्मा पाएको सरोकावाला निकाय मौन देखिएको छ । मास्कको मूल्य मनपरी भए पनि विभागले मूल्य तोक्न सकेको छेन भने अनुगमन समेत गर्न नसकेको भन्दै स्थानिय उपभोक्ताहरुले आक्रोस व्यक्त गरेका छन् ।
अहिले विशेष परिस्थिति भएकाले गुणस्तर छुट्याउने, सोहीअनुसार मास्कको वर्गीकरण गरेर उत्पादन र खुद्रा मूल्य निर्धारण गर्नुपर्ने भएपनि बजारमा जथाभावि मास्क बनाउने र चर्काे मुल्यमा विक्रि वितरण गर्दा समेत सरोकारवाला निकाय मौन बसेको स्थानिय जानकारी उमाशंकर साहले बताउनु भयो ।
मास्क, सेनिटाइजर, स्वास्थ्य सामग्री र खाद्यान्नमा केन्द्रित गरी दैनिक अनुगमन गर्नु पर्नेमा विभाग सुस्त देखिएको छ । ‘अहिले सबैलाई मास्क चाहिएको छ । सर्जिकल स्टोरले २ रुपैयाँको मास्क १५ रुपैयाँमा बिक्री गरिरहेका छन्,’ ‘सबै पसलमा अनुगमन र कारबाही गर्न नसके पनि सांकेतिक रूपमा सबैलाई कानुनी दायरामा ल्याइरहेका छौं ।’ वाणिज्य विभाग विरगञ्जका प्रमुख दिप बहादुर भण्डारीले बताउनु भयो ।
बजारमा प्रभावकारिता ल्याउन स्थानीय प्रशासन, निकाय, खाद्य विभागले पनि अनुगमन गर्नुपर्ने उहाँले बताउनु भयो । जिल्लाका बजारहरुमा भए गरेका गतिविधिहरुलाई जिल्ला प्रशासन कार्यालयले समेत अनुगमन गर्नु पर्ने उहाँले बताउनु भयो । आफुहरुसंग जनशक्ति काम भएको भएपनि वार्षिक अनुगमन गरि रहेको उहाँको भनाई छ ।