इन्दु शंकरले ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने

209 Shares

सर्लाहीको हरिवन नगरपालिका ८ स्थित रहेको इन्दुशंकर चिनी उद्योगले चालु आर्थिक वर्षमा ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने जनाएको छ।पुसको पहिलो सातादेखि मिल संचालन गर्ने उद्देश्य सहित आईतबार डोंगा पूजा गरेको उद्योगले गत वर्ष भन्दा करिब पाँच लाख बढी क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले जानकारी दिए ।उनका अनुसार गत वर्षको तुलनामा चालु क्रसिङ सिजन २०८२/०८३ मा ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिँदै आईतबार उद्योगपति राजेश केडिया,हरिवन नगरपालिका का नगर प्रमुख रमेश बुढाथोकी (कमल),गोडैता नगरपालिका का नगर प्रमुख देवेन्द्र यादव, नेपाल उखु उत्पादक किसान महासंघ सर्लाहीका अध्यक्ष श्यामबाबु राय लगायत उखु उत्पादक किसानहरु को उपस्थितिमा आईतबार डोंगा पूजा गरिएको उद्योगका प्रशासकीय प्रमुख ठाकुर प्रसाद नेपालले बताए। उनका अनुसार नेपाल भरीका चिनी उद्योगहरु मध्य इन्दु शंकरले उखु उत्पादक किसानहरुलाई दिनुपर्ने भुक्तानी सबै गरेर किसानहरुको मन जित्न सफल भएका कारण किसानहरुको आकर्षण बढेको छ ।
नगदे वाली उखु उधारो हुन थालेपछि सर्लाही सहित देशैभरी उखु उत्पादन घटी रहेको समयमा इन्दु शंकरले परम्परागत उखु खेती प्रणालीलाई रुपान्तरण गर्दै आधुनीक तरिकाबाट उखु खेती गर्दा उखुको उत्पादन बढ्ने भन्दै समयमा अवलोकन भ्रमण तथा तालिमहरु सञ्चालन गदै आएको उद्योग प्रशासनले जनाएको छ ।उखु उत्पादक किसानहरुलाई प्रोत्साहन  गर्दै उखु खेती प्रति आकर्षण बढाउन उद्योगले आधुनीक र बढी उत्पादन हुने विभिन्न प्रजातिका उखुको बिऊ पनि किसानहरुलाई अनुदानमा वितरण समेत गर्दै आएको छ ।उखु उत्पादक किसानहरुलाई दिनुपर्ने भुक्तानी समयमै दिने गरेका कारण किसानहरु इन्दु शंकरप्रति सन्तुष्ट छन् ।

सम्बन्धित समाचार