राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न म्याद पथिएको छ ।जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रास्वपा सभापति एवम पूर्व गृहमन्त्री लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कात्तिक २ गते पक्राउ परेका रास्वपा सभापति एवम पूर्व गृहमन्त्री लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।प्रहरीका अनुसार गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक तथा सञ्चालक लामिछानेसँगै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी,नेचर हर्बसका सञ्चालक रामबहादुर खनाल र गितेन्द्र बहादुरा राई(जीबी)सँग मिलेर रकम हिनामिना गरेको आरोपमा पक्राउ लिला पछाईंलाई १३ दिनको म्याद थप भएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर लामिछाने र जीबी राई मिलेर अपचलन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।पोखराको सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब अपचलन भएको छ।जसमा गोर्खा मिडियामा रु पाँच करोड गएको भन्दै लामिछानेसहित छविलाल,जीबी र कुमार रम्तेललाई कारबाही गर्न संसदीय छानबिन विशेष समितिले सिफारिस गरेको थियो ।
(रास्वपा)का सभापति एवम पूर्व गृहमन्त्री लामिछाने अनुसन्धानका लागि कास्की प्रहरकिो हिरासतमा छन् भने र छवि अहिले पुर्पक्षका लागि कारागारमा छन्।जीबी भने अहिलेसम्म फरार छन् । सहकारी ठगी प्रकरणमा ढोरपाटन नगरपालिकाका नगर प्रमुख समेत रहेका सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष देवकुमार नेपालीलाई पनि कास्की झिकाएर आइतबारै बयान लिइएको कास्की प्रहरीले जनाएको छ ।यता,सुशासनको चर्काे आवाज उठाएको दाबी गर्ने रास्वपाका नेता तथा कर्यकर्ताहरु (रास्वपा)का सभापति एवम पूर्व गृहमन्त्री लामिछाने पक्राउ परेपछि सडकमा विभिन्न किसिमका आन्दोलन गरीरहेका छन् ।