बागमतीका सामुदायिक विद्यालयका शिक्षकहरुलाई सुचना र प्रविधि(आईसिटी) सम्बन्धि तालिम सुरु

310 Shares

सर्लाहीको बागमती नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयहरुका शिक्षकहरुलाई सुचना र प्रविधि सम्बन्धि तीनदिने तालिम सुरु गरेकाे छ । सामुदायिक विद्यालयहरुलाई सुचना र प्रविधिमैत्री बनाउन नगरपालिका भित्रका सबै २५ वटै सामुदायिक विद्यालयका २५ जना शिक्षकहरुलाई सुचना र प्रविधि(आईसिटी) सम्बन्धि तीनदिने तालिम सुरु गरिएको बागमती नगरपालिकाकाे शिक्षा शाखाका संयाेजक मीन प्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार नगर भित्रका सबै २५ वटै सामुदायिक विद्यालयहरुबाट प्रति विद्यालय एकजनाका दरले २५ जनालाई तीनजना प्रशिक्षकहरुले तीनदिन सुचना र प्रविधि(आईसिटी) सम्बन्धि तालिम दिने छन् । बागमती नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयहरुकाे शैक्षिक सुधारमा कहिले शिक्षकहरुलाई लेखन तालिम त कहिले सुचना र प्रविधि(आईसिटी) सम्बन्धि तालिम सञ्चालन गर्नुका साथै सामुदायिक विद्यालयहरुकाे भाैतिक तथा सरसफाइका क्षेत्रमा चासाेका साथ काम गरि रहेकाे बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।

उनका अनुसार संघियता आउनु पुर्व सामुदायिक विद्यालयहरुमा पनि पढाइ हुन्छ र भन्ने अभिभावकहरु स्थानीय तहकाे निर्वाचनपछि सामुदायिक विद्यालयहरुमा पनि यस्ताे पढाइ हुँदाे रहेछ ।अब हाम्रा छाेराछाेरी किन नीजि विद्यालयमा पठाउने भन्ने अवस्थामा पुगि सकेका छन् । यता,बागमती नगरपालिका प्राय सामुदायिक विद्यालयहरुमा प्रविधिक शिक्षा सञ्चालन भई रहेकाे छ भने सबै विद्यालयहरुमा विद्यार्थी नयाँ भर्ना गर्न सक्ने अवस्था नरहेकाे नगर शिक्षा शाखाका ओम बहादुर कार्कीले बताए ।

सम्बन्धित समाचार