Close This

सर्लाहीमा २७ जना कोरोना संक्रमित थपिए,अब जिल्लामा १७५

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२४ गते   ४३५ पटक हेरिएको

सर्लाहीमा आज (शनिवार) फेरि २७ जना कोरोना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंमा स्वाब परीक्षण गर्दा रामनगर गाउँपालिकाका १६, सदरमुकाम मलंगवा नगरपालिकाका ८ र ईश्वरपुर नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनु भयो ।

उहाँका अनुसार संक्रमितहरुको विस्तृत विवरण बुझ्ने काम भइरहेको छ । आज २७ जना थपिएसँगै सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७५ पुगेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech