Close This

प्रदेश सरकारद्धारा प्रदेश २ मा ४ सय १७ अस्थायी दरबन्दी थप

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-२३ गते   २८७० पटक हेरिएको

प्रदेश २ सरकारले प्रदेशभरका अस्पताल र प्रयोगशालाका लागि  ४ सय १७ अस्थायी दरबन्दी थप गरेको छ ।  प्रदेश न–२  सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको भाईरसको संक्रमणसंग जुद्धन प्रदेश भरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि ४ सय १७ अस्थायी दरबन्दी थप गरेको हो । प्रदेशभरका आठै जिल्लामा दरबन्दी थपिएको र सर्लाहीमा ३२ जनाको अस्थायी दरबन्दी  थप गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले सर्लाहीका लागि ३२ सहित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागी ३३ , प्रादेशिक अस्पतालका लागि १ सय ७४, सिरहा, जलेश्वर,  गौर र कलैया अस्पतालका लागी ३२÷३२ ,लहान अस्पतालका लागि २३, र भारदह तथा पोखरिया अस्पतालका लागी १५÷१५ दरबन्दी थप गर्ने निर्णय गरेको प्रदेश सरकारका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री तथा कोरोना संक्रमण व्यावस्थापनका लागि सर्लाहीका फोकल पर्सन राम नरेश रायले जानकारी दिनु भयो । कोरोना संक्रमण न्युनिकरणका लागि थप गरिएको दरबन्दीहरुमा एनेस्थेसियोलोजिष्ट देखी स्वीपर सम्मको पद रहेको छ । थप गरिएका दरबन्दीहरुमा अस्पतालले आवश्यकताको आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
   त्यसै गरि प्रदेश सरकारको मन्त्री परिषदको बैठकले कोरोना महामारी न्युनिकरण गर्न भन्दै प्रदेश सरकारका मन्त्रीहरुलाई फोकल पर्सन बनाउँदै जिल्लाको जिम्मेवारी निर्धारण गरेको छ । सर्लाही र रौतहटका लागि उद्योग पर्यटन,वन तथा वातावरण मन्त्री रायलाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ ।
यता,  सप्तरीका लागी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिरहाका लागी आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, धनुषा र महोत्तरीका लागी आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र बारा तथा पर्साका लागी भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको हो । जिम्मेवारी तोकिएका मन्त्रीहरु सम्बन्धि जिल्ला र प्रदेश सरकारका बीच कोरोना महामारी नियन्त्रण तथा न्युनिकरणका लागि निरन्तर खटिने भएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech