Close This

निषेधाज्ञाले महिला तथा बालबालीका हिंसा बढाएको तथ्यांक सार्वजनिक

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-५ गते   ८८ पटक हेरिएको

बालबालिकाको सर्वाङ्गिण (शारिरीक, बौद्धिक, सामाजिक, भाषिक तथा संवेगात्मक) विकासमा राम्रो स्वास्थ्य, पर्याप्त पोषण, प्रारम्भिक सिकाईको अवसर, सकारात्मक उत्प्रेरणा र सुरक्षा तथा संरक्षणको महत्व हुन्छ । यी सबै पक्षहरूको संयोजन र सुनिस्चितता गर्ने प्रमुख दायित्व अभिभावकहरूको  हो । अहिलेको सामाजिक तथा आर्थिक परिवेशमा धेरै आमाबाबुहरू दुवै घरबाट बाहिर गएर काम गर्छन । यसले गर्दा आफ्ना बालबालिकालाई पर्याप्त समय र उत्प्रेरणा दिन सकिरहेका हुदैनन् ।
सामान्य परिस्थिति र वर्तमान बन्दाबन्दी (लकडाउन)को परिस्थितिमा बालबालिकालाई कसरी सहयोग गर्न सकिन्छ, उनीहरूलाई के कस्ता सकारात्मक तथा सिर्जनात्मक कार्यहरूमा ब्यस्त राख्न सकिन्छ जसले गर्दा उनीहरूको सिक्ने प्रकृयालाई निरन्तरता दिन सकियोस् भन्ने जस्ता विषयमा सरोकारवाला निकायहरु सचेत र सजह हुन जरुरी देखिन्छ ।
आमाबाबु दुबै वा दुईमध्ये कोही एकजना कामको सिलसिलामा घरभन्दा टाढा हुनु सामान्यजस्तै भइसकेको हाम्रो समाजमा ती आमाबाबुले आफ्ना बालबालिकालाई सकारात्मक उत्प्रेरणा कसरी दिने? बालबालिकाको विकास प्रकृयामा कसरी सघाउने त? त्यस्ता आमाबाबुले अहिलेको कोरोना भाइरसको महामारीको अवस्थामा कसरी टाढाबाट आफ्ना बालबालिकालाई हेरचाह गर्ने? भन्ने विषयमा केही सुझाव समेत समेट्ने प्रयास गरिएको छ ।
घरभन्दा बाहिर हुँदा पनि टेलिफोन, मेसेन्जर, भाइबर लगायतका सामाजिक सञ्जालहरूको माध्यमबाट बालबालिकासँग नियमित रुपमा संवाद र अन्तरक्रिया गर्न सकिन्छ । यसले उनीहरूको भाषिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदछ । कथा, कविता वाचन गरेर, सँगै पढेर, प्रश्नोत्तर गरेर पनि उनीहरूको कल्पनाशक्ति तथा तार्किक क्षमता विकासमा सकारात्मक योगदान पुर्याउन सकिन्छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण गर्न भन्दै नेपाल सरकारले जारी गरेको निषेधाज्ञाका कारण विद्यालयहरु बन्द रहँदा बालबालिकाहरुमा मानसिक तथा शैक्षिक समस्या देखा परेको छ । भने बालबालिकाको श्रमशोषणा,बालबिबाह र घरेलु हिँसाको सिकार बढी बालबालिका परेका छन् ।
सम्भव भएसम्म इन्टरनेट नभए मोबाईल फोनबाटै पनि आफ्ना छोराहरूसँग दिनमा कम्तिमा पनि तीनपटक कुरा गर्नु आवश्यक छ । बिहान, विद्यालयबाट आईसकेपछि र राती सुत्ने बेलामा । बिहान विद्यालय जानुभन्दा अगाडि, नमस्कार, शुभ प्रभात वा गुड मर्निङ भन्ने । यसबेला आजको दिन हामी सबैको लागि विशेष छ । आज हामी धेरै राम्राहरू कामहरू गर्न सक्छौँ, लगायतका कुराहरूबाट उनीहरूमा एक किसिमको सकारात्मक उर्जाको सञ्चार गराउने प्रयास गर्छ । यसबाट उनीहरूमा एक किसिमको उर्जा भरिएको र दिनभरको लागि तयार भएको अनुभूति सजिलै गर्न सकिन्छ । 
दोश्रो संवाद विद्यालयबाट आएर खाजा खाइसकेपछि गर्न पर्छ । यसबेला उनीहरूसँग तीनवटा प्रश्नहरू नियमित रुपमा सोध्ने गर्नु पर्छ ।  यी तीन प्रश्नहरूले आफ्ना छोराछोरीहरूलाई एकछिन भएपनि गहिरिएर सोच्न, दिनभर गरेका गतिविधिहरूलाई पुनःस्मरण गर्न र अरुलाई सहयोग गर्नुपर्दछ भन्ने भावना भित्रैदेखि विकास गराउन ठूलो सहयोग गर्छ । किनकी यतिबेला उनीहरू विद्यालयमा वा विद्यालय जाने गाडीमा हुँदा साथीहरूलाई गरेको सहयोग र साथीहरूले उनीहरूलाई गरेको सहयोग खुसीसाथ खुलेर सुनाउँछन् ।
तेश्रो र अलि लामो संवाद राती सुत्ने बेलामा गर्नु आवश्यक छ । छोराछोरीहरू आफ्नो मनमा लागेका कुनै पाँचओटा प्रश्नहरू सोध्ने र बाबुआमाले त्यसको सही जवाफ दिने काम गर्नु उचित हुन्छ ।  यसले गर्दा छोराछोरीहरूमा नयाँ नयाँ कुराहरू सोच्ने, कल्पना गर्ने, प्रश्न गर्ने हौसला प्राप्त हुन्छ भने, सबैलाई सबै कुरा आउँदैन तर सिक्न सकिन्छ भन्ने सन्देश पनि राम्रैसँग प्रवाह भएको हुन्छ ।
सुत्ने बेलाको बालबालिकालाई हौसला र उत्प्रेरणा प्रदान गर्ने खालका कथा, कविता, जीवनी तथा गीतहरू सुनाउने वा अगाडी नै किताब राखेर बाचन गर्ने हो । यसले गर्दा उनीहरूमा धैर्य गरेर सुन्ने तथा कथा, कविताहरू पढ्ने बानीको विकास हुने छ ।   
कोरोनाभाइरस रोग (कोभिड–१९) सँग सम्बन्धित केही महत्वपूर्ण जानकारीहरू ।  “साबुनपानीले मिचिमिचि हात धुने,हाछ्युँ गर्दा वा खोक्दा प्रयोग गर्ने रुमाल पनि साबुनपानीले मज्जाले धुनेँ, अरु मानिसहरूसँग अलिकति टाढा बस्दा र सरसफाईमा ध्यान दिँदा कोरोनाभाइरस रोग (कोभिड–१९) बच्न सकिन्छ?“ भन्ने विषयको छोराछोरीहरूलाई पनि जानकारी दिनु पदर्छ । 
आफ्ना नानीबाबुहरुलाई बालकथा, बालकविता, बालबालिकाले सजिलै बुझ्न सक्ने खालका महत्वपूर्ण ब्यक्तित्वका जीवनीहरू, महत्वपूर्ण वैज्ञानिक आविष्कारहरूसँग सम्बन्धित पुस्तकहरू कोसेलीको रुपमा लैजानु र ती पुस्तकहरूलाई क्रमैसँग पढेर सुनाउनु र सो सम्बन्धमा छलफल गर्नुले पनि छोराछोरीहरूलाई जिज्ञासु हुन र पुस्तकहरूप्रति रुचि जगाउन मद्दत गर्ने छ ।  
विद्यालयमा छोराछोरीहरू पढाईसँगै अतिरिक्त क्रियाकलापहरू जस्तै गीत गाउने, नृत्य तथा अभिनय गर्ने, समूहमा मिलेर बस्ने, साथीहरूलाई सहयोग गर्ने, मनमा लागेका कुराहरू खुलेर भन्ने, कथाहरू सुन्ने र सुनाउने तथा चित्र र पेन्टिङ मार्फत आफ्ना सृजनाहरू पस्किने गर्नु आवश्यक छ । घरका धेरैजसो कुराहरू विद्यालयका शिक्षक र साथीहरूलाई र विद्यालयका कुराहरू घरमा खुलेर सुनाउँन सिकाउनु आवश्यक रहेको छ । 
काँचो माटोरुपी बालबालिकालाई मानव बनाउने महान् अभियानमा बालबालिकाहरुको सर्वाङ्गिण विकासको महत्वपूर्ण पक्षमा सकारात्मक उत्प्रेरणा दिन कुनै कन्जुस्याई नगरौँ । बालबालिकासँग खुलेर संवाद गरौँ, उनीहरूको कुराहरू सुनौँ, आफ्ना कुराहरू खुलेर राखौँ, सकारात्मक उत्प्रेरणा दिने र दिमाग खियाउने खालका प्रश्नहरू सोधौँ, उनीहरूले सोधेका प्रश्नहरूको सही उत्तर दिने बानी बसालौं । यसले गर्दा बालबालिका र अभिभावकहरूबीचको सम्बन्ध सुमधुर र प्रगाढ हुनुको साथसाथै एक अर्काप्रतिको विश्वास एवम् अन्तरनिर्भरता बढेर जाने छ । घरमा रहनु हुने परिवारका सदस्यहरूलाई साथ र सहयोग हुन्छ र सबैभन्दा महत्वपूर्ण बालबालिकाको सर्वाङ्गिण  विकासमा महत्वपूर्ण योगदान पुग्दछ ।  
कोरोना महामारीको समयमा भएका महिला बालबालिका सम्बन्धी घटनाहरु समेत समावेश गर्ने प्रयास समेत गरिएको छ । सर्लाहीमा आ.व.०७७÷०७८ मा जिल्लामा निषेधाज्ञामा महिला, बालबालिका हिंसाका  ७७ वटा घटना भएका छन् । जसमा १३ जना महिलाहरुले आत्माहत्या गरेका छन् भने जवरजस्ती करणी र जवरजस्ती करणी उद्योगमा २१, बहु तथा बालबिबाहमा ८ र महिला हिंसा सम्बन्धी ३५ वटा उजुरी परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीका अनुसार निषेधाज्ञाको समयमा पनि महिला तथा बालबालिका माथी हुने घटना रोकिएको छैन । निषेधाज्ञामा घर भित्र बस्दा महिला ताथ बालीकाहरु बढी पीडित हुने गरेका पाईएको प्रहरीले जनाएको छ । “घरभित्रै बस्दा आफन्तबाट पीडित हुने महिलातथा बालीकाहरु बढि देखिएका” प्रहरीले जनाएको छ । 
जसबाट सबैभन्दा बढी महिला तथा बालीकाहरु पीडित देखिएका छन् । विद्यालय बन्द रहँदा मलिा तथा बालीकाहरु श्रमशोषणमा पर्नुको साथै घरेलु हँसाको शिकार भएका इन्सेक नेपाल सर्लाहीको तथ्यांकले पनि देखाएको छ । विशेष गरि पुरुषहरु काममा बकाहिर नजाने र घरमा रहँदा बेरोजगार भई गैर कानुनी क्रियाकलापहरुमा लाग्ने समेत गरेका पाईएको छ ।  निषेधाज्ञाको अवधीमा जिद्यालय बन्द रहेका र अनलाईन कक्षाको नाममा कक्ष सञ्चालन समेत हुँदा त्यसबाट सामाजिक संजालमा समेत गलत प्रयोग बढेको पाइर्एको इन्सेकले जनाएको छ । शंखर पहाडी,सर्लाही,

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech