सर्लाही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक,सवारी चेकजाँचमा कडाई

315 Shares

सर्लाही प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाही तथा मातहतका प्रहरी युनिटहरुको क्षेत्रमा चाडपर्व विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रमुख चाडपर्वलाई लक्षित गरी जारी गरिएको सुरक्षा योजनामा गाउँघर तथा बजार क्षेत्रमा सादा पोसाकमा प्रहरी परिचालन गरी गस्ती बढाउनुका साथै मानिसको धेरै भिडभाड हुने दुर्गा पूजास्थल र हाटबजार क्षेत्रमा प्रहरीको उपस्थिति बढाइएको साथै जिल्लाका मुख्य मुख्य ठाउँहरुमा नागरिक सहायता कक्षा स्थापना गरिएको हो ।
नेपालीहरुको महान चाड बढा दशँैको उपलक्ष्यमा जिल्लाका २० वटै पालिकाको दर्जनौँ स्थानमा दुर्गा पूजा तथा मेला र महोत्सव लागिरहेका साथै विभिन्न किसिमका साम्प्रदायिक घटनाहरु नहुन भननका लागि दशैँभर लाग्ने ति मेला र महोत्सवहरुका साथै मानिसको उपस्थिति धेरै हुने र त्यसठाउँमा झै(झगडा र चोरीजस्ता अपराधका घटना हुने भएकाले प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंहले बताए ।
उनका अनुसार दुर्गा पूजास्थलमा सुरक्षा अधिकारीहरु दिनहुँ परिचालित भइरहेका छन् भने चाडपर्व विशेष सुरक्षा योजना अन्तर्गत बैङ्क तथा वित्तीय संस्थाका प्रमुखसँग अन्तरक्रिया गरी सुरक्षा सावधानी अपनाउने निर्णय गरिएको हो ।चाडपर्वमा सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीसँग समन्वय गरी छ स्थानमा नागरिक सहायता कक्ष स्थापनासँगै सवारी चेकजाँच र सचेतना जगाउने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।
यस अघि विभिन्न समयमा विभिन्न स्थानहरुमा साम्प्रदायिक घटनाहरु भएका कारण ती घटनाहरुबाट पाठ सिक्दै आगामी दिनहरुमा त्यस प्रकारका घटनाहरु हुन नदिन जिल्लाका सबै सरोकारवालाहरुका साथै आम नागरिकहरुसंग समेत अनुरोध गरिएको जिल्ला स्तरिय सुरक्षा समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए।उनले सुरक्षाको सवालमा कुनै चिन्ता नगरी शान्तीपुर्ण रुपमा आफ्ना चाडपर्वहरु मनाउन जिल्लाबासीसंग अनुरोध समेत गरेका छन् ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले पनि चाडपर्व लक्षित सवारी चेकजाँचलाई कडाई गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक रजोश घिमिरेले बताए ।अरु समयको भन्दा चाडपर्वको समयमा माद्यक पदार्थ सेवन गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्नेहरुको संख्या बढ्ने भएकाले ट्राफिक प्रहरीले चेकजाँचमा विशेष कडाई गरेको उनले बताए ।

सम्बन्धित समाचार