हरिपुर १ की कोईरालाको विराटनगरमा दुर्घटनामा मृत्यु

507 Shares

सर्लाहीको हरिपुर नगरपालिका १ हजार बिघाकी अन्दाजी ४५ वर्षीया रोहिता कोइराला अधिकारीको विराटनगरमा भएको सवारी दुर्घटनामा ज्यान गएको छ।विराटनगर महानगरपालिका ३ बरगाछी चोकमा मंगलबार साँझ भारतीय माल वाहक ट्रकको ठक्करबाट सर्लाहीको हरिपुर नगरपालिका १ हजार बिघाकी अन्दाजी ४५ वर्षीया कोइरालाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक कोपिला चुडालले जानकारी दिईन् ।
उनका अनुसार डब्लुबी ५९ जिसी ०२४८ नम्बरको भारतिय ट्रकले प्रदेश २ ०३ ०११ प ४१४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उत्त मोटरसाईकलमा सवार कोईरालाको ज्यान गएको हो।मोटरसाईकलका चालक हरिपुर नगरपालिका १ हजार बिघाकै कोईरालाका श्रीमान् अन्दाजी वर्ष ५७ का विमल कोइराला घाईते भई कोशी अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुर्घटनामा संग्लग्न दुवै सवारी साधन सहित ट्रकका चालक समेत प्रहरीको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित समाचार