आफु माथि झुठो मुद्दा लगाइयो : जसपा मधेशका अध्यक्ष यादव,जसपाका यादव र पण्डीतले दिए राजिनामा

347 Shares

जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशका अध्यक्ष अशोक यादवले आफूमाथि झुठो मुद्दा लगाइएको दावी गरेका छन् ।आईतबार कविलासी नगरपालिका १० स्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी यादवले आफुमाथि विभिन्न किसिमका झुटा मुद्धा लगाईएको दाबी गरे ।
असार १९ गते पुर्वाधार विकास कार्यालय सर्लाहीको विषयमा जसपा नेपाल मधेशका अध्यक्ष यादव र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का विच फोन सम्वादमा गालीगलौच गरेपछि उनी विरुद्ध सर्लाही जिल्ला अदालतमा आपराधिक उपद्रो कसुरमा मुद्दा दायर भएको छ भने प्रहरीले यादवलाई फरार सूचीमा राखेको छ ।तर जसपा मधेशका अध्यक्ष यादव निरन्तर सामाजिक सञ्जालहरुका साथै पत्रकारहरुसंग भेटघाट मै रहेका छन् ।
सरकारी कार्यालयमा हुने अनियमितता र भ्रष्टाचार विरद्ध उत्रदा उल्टै आफूविरुद्ध प्रहरी प्रशासन र नियामक निकाय फरक तरिकाबाट लागि परेको जसपा मधेशका अध्यक्ष यादवले तर्क गरे ।पत्रकार सम्मेलनमै जसपा सर्लाहीले यादव विरुद्ध मुद्दा दायर भएको विरोधमा साउन २० गते विरोध ¥याली निकाल्ने,२१ गते मसाल जुलुस गर्ने र २२ गतेदेखि अनिश्चितकालिन बन्द गर्ने घोषणा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
यता,जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीका वरिष्ठ उपाअध्यक्ष गणेश कुमार यादव र उपाअध्यक्ष मुकेश कुमार पण्डितले एकैसाथ पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।उनीहरु दुवै जना २० वर्षअघि मधेश जनविद्रोह सुरु हुँदा देखि नै जसपामा आवद्ध भएका थिए।

combined.webpपार्टीभित्र सर्लाहीमा देखिएको गुट उपगुटका सम्वन्धमा केन्द्रीय समितिलाई बारम्बार जानकारी गराउँदा पनि सुनुवाई नगरेको र यो पार्टीमा बसिरहँदा राजनीतिक भविष्य समेत नदेखेर राजिनामा दिएको वरिष्ठ उपाअध्यक्ष यादव र उपाअध्यक्ष पण्डीतले दिएको राजिनामा पत्रमा उल्लेख गरिएको छ ।वरिष्ठ उपाअध्यक्ष यादव र उपाअध्यक्ष पण्डीतले अहिलेसम्मको राजनीतिक यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै साउन १८ गते आईतबारदेखि जसपा नेपालको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको बताएका छन् ।

सम्बन्धित समाचार