नेकपा(एमाले)का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको ट्याटु ढाडमा खोपेर चर्चामा आएका सर्लाहीको लालबन्दीका उज्वल कुमार कार्की एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधिमा चयन भएका छन्। एमाले लालबन्दी नगर कमिटि अध्यक्ष समेत रहेका कार्की एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको सर्लाहीका निवर्तमान अध्यक्ष समेत भई रहेका छन् ।पार्टी अध्यक्ष ओलीको ट्याटु ढाडमा खोपेर ओलीको“अन्धभक्त”भएको अरोप खेपेका कार्की पार्टी अध्यक्ष ओलीप्रति निष्ठा देखाउन ट्याटु खोपेको बताउछन् ।
सर्लाही क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधि छनोटका लागि पेचिलो प्रतिस्पर्धा भएपनि पार्टीभित्रको आन्तरिक संघर्षमा कार्की प्रारम्भमा खासै बलियो स्थितिमा थिएनन् तर क्षेत्र नम्बर २ बाट प्रतिनिधि बनेकी अधिवक्ता राधिका खतिवडाले उनको पक्षमा जोडदार लबिङ गरेकी एमाले नेताहरु बताउँछन् ।अनेरास्ववियुकी पूर्व नेतृ तथा अधिवक्ता खतिवडाले यसअघि पनि कार्कीलाई लालबन्दी नगरपालिकाको नगर प्रमुख टिकट दिलाउनुपर्ने भन्दै आवाज उठाएकी थिइन्।कार्की एमाले सर्लाहीका संस्थापन नेता हुन ।
सर्लाही १ मा पार्टीका विभिन्न गुटहरूबीच प्रतिस्पर्धा तीव्र भएपनि कार्कीको युवा नेतृत्व र अनेरास्ववियुको पृष्ठभूमिले उनलाई एक पक्षको समर्थन थियो।पूर्व विद्यार्थी नेता अधिवक्ता खतिवडाले युवा नेतृत्व र पार्टीप्रतिको समर्पणलाई जोड दिँदै कार्कीको पक्षमा लामो छलफल पछि सहमति जुटाएकी थिइन्।अलोचकहरूले कार्कीको प्रतिनिधि चयनलाई केवल ओलीप्रतिको निष्ठाको आधार मानेका छन् भने उनको संगठनात्मक काम र क्षमतामाथि प्रश्न पनि उठाएका छन्।