प्रहरी उपरिक्षक पोखरेलको दरबन्दी सर्लाहीमै कायम

1.8k Shares

 जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रवीण पोखरेलको सर्लाहीमै दरबन्दी कायम भएको छ । गएको चैत दोस्रो साता तत्कालिन प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईलाई प्रहरी हेडक्वार्टर तानेर हेडक्वार्टरमै रहेका प्रहरी उपरिक्षक पोखरेललाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुख बनाएर पठाएको थियो ।
प्रहरी प्रधान कार्यालयले  १२ जना प्रहरी उपरिक्षकहरुको सरुवा निकाल्दा करिब ४ महिनादेखि सर्लाहीमा काजमा रहेका प्रहरीउपरिक्षक पोखरेलको  दरबन्दी सर्लाही मै कायम भएको हो ।
सर्लाहीका तत्कालिन प्रहरी प्रमुख प्रहरीउपरिक्षक प्रसाईको भने प्रहरी हेडक्वार्टर अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा महाशाखामा सरुवा कायम गरिएको छ । यसैबीच प्रहरी हेडक्वार्टरले प्रहरीनायव उपरिक्षकबाट भर्खरै प्रहरीउपरिक्षकमा बढुवा भएका ३६ जना नयाँ प्रहरीउपरिक्षकहरुको पनि पदस्थापन गरेको छ ।
जसमा सर्लाहीबाट प्रहरी उपरिक्षकमा बढुवा भई गएका माधवप्रसाद बुढाथोकीको प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा भैरहवा, रुपन्देहीमा सरुवा भएको छ । प्रहरीनायव उपरिक्षकबाट प्रहरी उपरिक्षकमा बढुवा भई बुढाथोकी गएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा अहिले प्रहरी नायव उपरिक्षक विजय यादव कार्यरत रहेका छन् ।

सम्बन्धित समाचार