Close This

दशैं लागेसँगै जिल्लाका व्यापारीक केन्द्रहरुमा किनमेल गर्नेको भिड

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-२७ गते   ४७ पटक हेरिएको

नेपालीको महान् चाड वडा दशैं असोज २१ गतेदेखि सुरु भैसकेको छ । दशैं भन्नेबित्तिकै मीठो खाने, राम्रो लगाउने भन्ने बुझाइ छ । यो बेला आर्थिक स्तरअनुसार ऋणधन गरेर भए पनि नयाँ कपडा किन्ने गरेका छन् । बालकालिकादेखि वृदवृद्धासम्म दशैं  सपिङको क्रेजबाट मुक्त हुन सक्दैनन् ।
बडा दशैंले छोपेसँगै जिल्लाका प्रमुख व्यापारीक केन्द्र लालबन्दी,हरिवन,बयलवास बरहथवा तथा मलंगवामा दशैं सपिङका लागि किनमेल गर्नेहरुको खचाखच भीड लागेको छ । दशैंका लागि विभिन्न स्थानहरुबाट लालबन्दी,हरिवन,बयलवास बरहथवा तथा मलंगवामा  किनमेलका लागि पुग्दा यस क्षेत्रमा किनमेल गर्नेहरुको भीडका कारण बजारमा ठेलमठेलको भीड लागेको छ । भित्री गल्लीका पसलहरुमा पनि उस्तै भीड देखिएको छ ।
व्यापारीक मल तथा पसलले दशैंलाई लक्षित गरेर विभिन्न अफर योजना समेत ल्याएका छन् । तर सपिङ मलको अफरले ग्राहक तान्न सकेको देखिदैन् भने लालबन्दी,हरिवन,बयलवास बरहथवा तथा मलंगवा क्षेत्रमा फुटपाथका व्यापारीहरुलाई समेत भ्याइनभ्याई देखिएको छ ।  यस क्षेत्रका व्यापारीहरु सामान बिक्रीमा व्यस्त रहेका छन् । भने उपभोक्ताहरु दशैंका लागि नयाँ कपडाहरु लगायत आवश्यक अन्य सामाग्रीहरु  किन्नमा ब्यस्त देखिएका छन् । युवाअवस्थाका तन्नेरीदेखि बच्चा काखी च्यापरे आउने महिलादेखि वृद्धवृद्धाहरु पनि किनमेलमा व्यस्त देखिएका छन् । कति पलसमा त ४÷५ जनाले समेत ग्राहकलाई खोजे अनुसार लत्ताकपडा देखाउन समेत नसक्ने भीड देख्न पाइन्छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech