जिल्लाको लालबन्दी नरगपालिकाका ५ सय दलीत तथा मुसहरको घर निर्माण हुने भएको छ । छाप्रोमा जीवनयापन गरिरहेका सर्लाहीको लालबन्दी नगरपालिकाका मुसहरका लागि एकीकृत नमुना मुसहर बस्ती निर्माण गरिने भएको छ । लालबन्दीका ५ वटा वडामा ५ सय घर निर्माण गरिने भएको वडा नम्बर ५ का अध्यक्ष मोहन भण्डारीले जानकारी दिनु भयो।
जन्ता आवाश कार्यक्रम अन्र्तगत नगरका ५ वटा वडामा प्रति वडा १ सय वटा घर बनाइने भएको हो । ट्रस्ट मोडलमा बनाइने ५ सय घर अति विपन्न दलीत समुदायलाई निर्माण गरेर हस्तान्तरण गरिने जन्ता आवाश कार्यक्रमकी कार्यक्रम संयोजक प्रदेश सभा सदस्य निरा साहले बताउनु भयो ।
प्रति घर निर्माण गर्न ३ लाख ५० हजारका दरले १७ करोड ५० लाखको लागत लाग्ने उहाँले बताउनु भयो । शौचालय सहित प्रत्येक घर निर्माणको लागत ३ लाख ५० हजार लाग्ने र त्यस बाहेक १० प्रतिशत श्रमदान गर्नु पर्ने छ । भने आफुहरुले काममा खटिए वापतको रकम पनि पाउने कार्यक्रम संयोजक साहले जानकारी दिनु भयो।
आर्थिक वर्ष २०७७÷०७८ भित्र नै सक्ने गरि प्रदेश सरकारले १७ करोड ५० लाख रकम उपलब्ध गराएको प्रतिनिधि सभाका सदस्य प्रमोद कुमार साहले जानकारी दिनु भयो। अति विपन्न दलीत समुदायले आफ्नो घर समेत बनाउन नसक्ने भएका कारण संघिय सरकारले जन्ता आवाश कार्यक्रम अन्र्तगत ५ सय अति विपन्न दलीत समुदायको घर बनाई दिने भएको हो । भने अहिले करिब २ सय ५० घर निर्माणको क्रममा रहेको आयोजकले बताएको छ ।
अतिगरीब दलीत सम्दायहरूको जीवनस्तर उकास्नका लागि प्रदेश सरकारले गरेको लगानीमा आफूहरूको पनि समन्वय आवश्यक रहेको भएपनि प्रतिनिधि सभा सदस्य साहले आफु खुसी निर्माण काम गरेको भन्दै नगर प्रमुख मान बहादुर खड्काले आपति जनाउनु भयो । ‘छाप्रे जीवनबाट पक्की घरमा ल्याउन’ आफुहरुले पहल गरेर कार्यक्रम पारेको भएपनि सांसद साहले एकलौटि रुपमा काम सुरु गरेको नगर प्रमुख खड्काले बताउनु भयो । छाप्रे घरमा रहँदा सर्प दंशका घटना र रोगको प्रकोप फैलिने गरेकामा त्यसबाट छुटकारा दिलाउँन आफुहरुले कार्यक्रम ल्याएको भएपनि सांसद साहले व्यक्तिवादी चरित्र हाबि गरेको लालबन्दी नगरपालिका ५ का वडा अध्यक्ष मोहन भण्डारीले बताउनुभयो।
सांसद साहले अति विपन्न दलीत समुदायलाई ईट्टा भट्टा पनि आफ्नै रहेको,रड सिमेन्टको डिलर पनि आफ्नै रहेको भन्दै अन्यन्त्रबाट निर्माण सामाग्री ल्याउन नदिने बताएका निर्माण उपभोक्ता समितिका अध्यक्ष पुर्षाेतम वि.कले बताउनु भएको छ ।
निर्माण उपभोक्ता समितिहरुबाट निर्माण सामाग्री ढुवानी गरिदिने भन्दै सांसद साहले चेक समेत लिएर अग्रिम भुक्तानी समेत लिइ सकेको उनिहरुले बताएका छन । कार्यक्रम संयोजक प्रदेश सभा सदस्य निरा साहका श्रीमान समेत रहनु भएका सांसद साहले इट्टा भट्टा,रड,सिमेन्टको डिलर लगायतका सामाग्रीहरु पाउने भन्दै सांसद साहले आफ्नो डिल बाहेक अन्यन्त्रबाट निर्माण सामाग्री ल्याएमा निर्माण कार्यमा लाग्ने लागत भुक्तानी नदिने धम्की दिएको वडा नम्बर २ का वडा अध्यक्ष किरण कुमार पासवानले बताउनुभयो ।
यता सांसद साहले प्रदेश सरकाको कार्यक्रम रहेका कारण स्थानिय सरकारसंग समन्वय आवश्यक नरहेको बताउनु भयो । भने सांसद साहले आफुले कुनै प्रकारका समस्या सृजना नगरेको तर काम गुणस्तरीय होस भन्ने आग्रह गरेको सांसद साहले बताउनु भयो ।