असोज ११ र १२ गतेको भिषण वर्षापछि तरकारी उत्पादनमा व्यापक गिरावट आएको छ ।भिषण वर्षाका कारण उत्पादन नै कम हुँदा लालबन्दी बजारबाट तरकारीको निर्यात घटेको पाइएको छ ।असोज ११ र १२ गतेको भिषण वर्षाले तरकारी खेतीका ठूलो क्षति हुँदा तरकारी उत्पादनमा गिरावट आउँदा तरकारी निर्यातमा कमि आएको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीले जनाएको छ ।
भिषण वर्षापछि जसोतसो हुर्काइरहेको तरकारीमा शनिबार रातिको पानीले थप क्षति गरेपछि तरकारी उत्पादक किसानहरुको भनाई छ ।पानी परिरहेरका कारण किसानहरको बारीमा नै तरकारी कम उत्पादन हुँदा लालबन्दी बजारबाट देशका विभिन्न शहरमा निर्यात हुने तरकारीको परिमाणमा कमी आएको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका प्रवन्धक शम्भु प्रसाद घिमिरेले जानकारी दिए ।उनका अनुसार दैनिक करिब ४० टन तरकारी निर्यात हुने लालबन्दी बजारबाट असोज ११ र १२ गतेको भिषण वर्षापछि मुस्किलले दैनिक १५ देखि २० टन तरकारी निर्यात भइरहेको छ ।
लालबन्दीबाट मुख्यगरी संघीय राजधानी काठमाडांैं लगायत देशभरका सबै ठूला शहरहरुमा धेरै परिमाणमा तरकारी निर्यात गर्ने लालबन्दी बजारमा तरकारी कम आउने समस्या र अर्कोतर्फ काठमाडांैं जाने सडकमा अत्यन्त जाम पर्दा तरकारी बोकेर जाने गाडी बेलैमा पुग्न नसकेको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष एवम तरकारी व्यापारी तोरण बहादुर मगरले जानकारी दिए ।
उनका अनुसार बजारमा तरकारी कम भित्रिँदा व्यापारीहरुले नै किसानहरुसँग बढी मूल्यमा किन्नु परेको छ भने अर्का तर्फ निर्यातमा गिरावट आउँदा तरकारी बजार संकटमा परेको छ ।तर थोरै परिमाणमा फलेको तरकारीले राम्रो मुल्य पाउँदा किसानहरुलाई राहत मिलेपनि हरियो तरकारी महंगो हुँदा उपभोक्ता मारमा परेका छन् ।
केही दिनदेखि बरहथवा,जिरायत,घुर्कौली,हरिवनलगायतका क्षेत्रबाट परबल र भान्टा उत्पादन भएर लालबन्दी आउन थालेको भएपनि शनिबार रातिको वर्षाले बजार आउने तरकारीको परिमाण घटेको समितिले जनाएको छ। व्यापारीले नै किसानसँग परबल किलोको रु ५०,भान्टा रु ७०,भिन्डी रु ५०,बोडी रु ८० देखि सय प्रति किलो कारोबार भई रहेको छ।व्यापरीहरुले नै यती महंगोमा तरकारी खरिद गरेपछि उपभोक्तासम्म पुग्दा थप महँगो भएर पुग्ने गरेका कारण उपभोक्ता मारमापरेका छन् ।