लालबन्दी ८ ले वडाका किसानहरुलाई उन्नत जातको घाँसको वीउ वितरण गर्ने

3.3k Shares

सर्लाहीको लालबन्दी नगरपालिका ८ ले आफ्नो वडाका किसानहरुलाई उन्नत जातको घाँसको बीउ वितरण गर्ने भएको छ । लालबन्दी नगरपालिका ८ ले आफ्नो वडाका किसानहरुलाई प्रिलिन र ब्रासिम जातको घाँसको बीउ वितरण गर्ने भएको हो ।
वडाले मंसिर ११ गतेदेखि १७ गते सम्म प्रिलिन र ब्रासिम जातको घाँसको बीउ वितरण गर्ने लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
वडा कार्यालयले एक सूचना जारी गर्दै मंसिर ११ गतेदेखि १७ गते सम्म प्रिलिन र ब्रासिम जातको घाँसको बीउ वितरण गरिने भएकाले एच्छुक किसानहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार