Close This

सर्लाहीको वरहथवा ९ मा लालपुर्जा नपाएका ५९ घरधुरीलाई लालपुर्जा वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-२३ गते   २६५६ पटक हेरिएको

सर्लाहीको वरहथवा नगरपालिका ९ ले आफ्नो वडाका अव्यवस्थीत बसोबासीहरु लालपुर्जा वितरण गरेको छ । विगत करिब ६० वर्षदेखि सो क्षेत्रका नागरिकहरुले जोतभोग गरि रहेका तर लालपुर्जा नपाएका तर वसोबास गरि रहेका नागरिकहरुलाई आफ्नो जमिनको माफैँ मालिक बनाउँन भन्दै वरहथवा नगरपालिका ९ ले नेपाल मै पहिलो पटक लालपुर्जा वितरण गरेको हो । 
नेपाल सरकारले सुकुम्बासी,भूमिहिन तथा अव्यवस्थीत बसोवास गरि रहेका देशभरका नागरिकहरुलाई लालपुर्जा वितरण गर्ने र वसोवासमा व्यावस्थापन गर्ने लक्ष्य लिएपछि सुकुम्बासी,भूमिहिन तथा अव्यवस्थीत बसोवास गरि रहेका नागरिकहरुको तथ्यांक संकलनको काम गरेको थियो । वरहथवा नगरपालिका ९ मा गाउँ ब्लकमा बसोबास गरि रहेका ६५ घरधुरी मध्य ५९ घरधुरीलाई आज(शनिबार) र बाँकी रहेका ६ घरधुरीहरुको आन्तरीक विवादका कारण केही समस्या भएको हुँदा अरु एक दुई दिनमा लालपुर्जा वितरण गरिने बरहथवा नगरपालिका ९ का वडा अध्यक्ष तुलसी प्रसाद लुईटेलले जानकारी दिनुभयो । उहाका अनुसार सो क्षेत्रमा विगत करिब ६० वर्षदेखि बसोबास गरि रहेका तर आफ्नोजमिनको लालपुर्जा आफ्नोहातमा नपरेका नागरिकहरु लालपुर्जापाएपछि खसुसी भएका छन् ।
बाउबाजेको पाला देखि बसि रहेका थियौँ,लालपुर्जा पाउन सकिएको थिएन् । तर अहिले बरहथवा नगरपालिका र वडा कार्यालयको विषेश पहलमा लालपुर्जा हातमा परेको छ । अब व्यापार व्यावसाय गर्न ऋण खान पनि सहज भएको स्थानिय तारा रमौलीले बताउनु भयो । उहाँका अनुसार आफुहरु २०११ साल देखि नैबसी रहेको तर हाल समम लालपुर्जा नपाएको अवस्था थियो । अहिले लालपुर्जा हातमा परेको छ ।
२०११ साल देखि बसोबास गरि रहेका तर लालपुर्जा नपाएका ५९ जना नागरिकहरुलाई पहिलो चरणमा लालपुर्जा वितरण गरिएको भूमि सुधार तथा नापी कार्यालय मलंगवाका नापि अधिकृत सविन वि.कले बताउनु भयो । उहाका अनुसार  दुई महिना सम्ममा सुधार गर्ने समय सिमा राखिएको साथै चार महिना पछि सम्बन्धीत जग्गा धनीले आफ्नो जगा धितो राख्न,ऋण लिन पाउने भुमि सुधार तथा नापी कार्यालय मलंगवाले जनाएको छ ।
वरहथवा नगरपालिका ९ का ५९ जनालाई लालपुर्जा वितरण गरिएको र आगामी दिनमा अरुलाई पनि क्रमागत रुपमा  लालपुर्जा वितरण गरिने वरहथवा नगरपालिकाका नगर प्रमुख देवानन्द महत्तोले बताउनु भयो । उहाँका अनुसार निर्वाचन पछि देखि नै आफुहरु लागि परेर भोग चलनका आधारमा लालपुर्जा नपाएका वरहथवा नगरपालिका ९ का ५९ जनालाई लालपुर्जा वितरण गरिएकोे छ ।
वरहथवा नगरपालिकामा सुकुम्बासी,भुमिहिन तथा अव्यवस्थीत बसोबार गरि रहेको नागरिकहरुको संख्या करिब ४ सय रहेको छ । उनिहरुको तथ्यांक संकलन गरि माथिल्लो निकायमा पठाउने काम सकिएको नगरपालिकाले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech