Close This

फुलजोरको सार्वजनिक शौचालय प्रयोग बिहीन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-३० गते   १९३ पटक हेरिएको

सर्लाहीको इश्वरपुर नगरपालिका ५ फुलजोरमा रहेको सार्वजनिक शौचालय प्रयोग बिहीन अवस्थामा छ । इश्वरपुर नगरपालिका ५ ले आर्थिक वर्ष २०७५÷०७६ को बजेटबाट रु ५ लाखमा निर्माण गरेको सार्वजनिक शौचालय प्रयोगमा नआएको हो ।
सार्वजनिक शौचालयमा पानीको अभाव, शौचालय जाने बाटाको अभाव र अपाएक पर्ने स्थानमा शौचालय निर्माण भएका कारण उक्त शौचालय प्रयोग बिहीन भएको हो । स्थानियबासीले सडकको नजिकै शौचालय बनाउन  जमिन नदिएका कारण भित्रै भएपनि सार्वजनिक शौचालय निर्माण गरेको इश्वरपुर नगरपालिका ५ का वडा अध्यक्ष पञ्ची लामाले बताउनु भयो । उहाँका अनुसार पुर्व पश्चीम लोकमार्ग नजिकै सार्वजनिक शौचालय बनाउन लागेको भएपनि स्थानियले जमिन नदिएका कारण भित्र सार्वजनिक शौचालय बनाउनु परेको हो । 
आर्थिक वर्ष २०७५÷०७६ को वडाको बजेट रु ५ लाखमा निर्माण उपभोक्ता समिति गठन गरेर निर्माण कार्य सम्पन्न गरेको भएपनि शौचालयमा पानीको अभाव, शौचालय जाने बाटाको अभाव र अपाएक पर्ने स्थानमा शौचालय रहेका कारण उक्त शौचालय प्रयोग बिहीन भएको हो । निर्माण उपभोक्ता समिति मार्फत निर्माण भएको शौचालयमा पानीको व्यावस्थाका लागि मेटरको व्यावस्था गर्ने भनिएको भएपनि शौचालय भित्रीभागमा रहेका कारण उक्त शौचालय प्रयोगमा नआउँदा पानीको व्यावस्था नगरिएको वडा अध्यक्ष लामाले बताउनु भयो ।
पुर्व पश्चीम लोकमार्गमा यात्रा गर्ने यात्रुहरुका लागि सहज होस भनेर शौचालय निर्माण गरिएको भएपनि सडक र बस टिकट काउण्टर भन्दा भित्रि भागमा शौचालय निर्माण गरिएका कारण उक्त शौचालय प्रयोग नआउँदा फुलजोरमा होटल व्यावसाय तथा पसल व्यावसायीहरुका निजी शौचालयमा मानिसहरुको भिड लाग्ने गरेको स्थानियले बताएका छन् ।  सार्वजनिक शौचालय उता छ भनी देखाउँदा पनि मानिसहरु शौचालय टाढा भएका कारण निजी शौचालयमा जाँदा आफ्नो निजीशौचालय फोहोर हुने गरेको व्यावसायीहरुको गुनासो छ ।
यता , स्थानियले सडक छेउमा जमिन दिए आफु जुनसुकै अवस्थामा पनि सार्वजनिक शौचालय बनाउन तयार रहेको वडा अध्यक्ष लामाले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech