स्थानीय तहको उपनिर्वाचन २०८१ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ।सोमबार अबेर सार्वजनिक अन्तिम मत परिणामसँगै प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र) नतिजाबाट उत्साहित देखिएको छ भने पहिलो पटक स्थानीय तह उपनिर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निराश भएको छ ।प्रतिपक्षमै रहेको राप्रपाले त लज्जास्पद नतिजा ल्याएको छ।राप्रपा र रास्वपाका उम्मेदवारको धेरै ठाउँमा जमानत नै जफत भएको छ ।
माओवादी केन्द्रले यसअघि चुनाव जितेको केही स्थान गुमाएपनि नेपाली कांग्रेस र नेकपा(एमाले)को किल्ला भत्काउँदै नतिजा सुधार गरेको छ।उपनिर्वाचन भएकोमध्ये अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेका सात पद रिक्त रहेपनि अहिले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष,एक नगरपालिका उप प्रमुख र सात वटा वडामा माओवादी केन्द्रले विजय हासिल गरेको छ ।सर्केगाड गाउँपालिकाको उपा अध्यक्षमा देवकी तिमल्सिना,पुथा उत्तरगंगा गाउँपालिकाको उपा अध्यक्षमा नरपुरा बुढा,ग्रामथान गाउँपालिकाको अध्यक्षमा नमो नारायण माझी र नलगाड नगरपालिकामा नगर उप प्रमुखमा देवका लामिछाने माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका छन् ।
त्यस्तै,ककनी गाउँपालिका २ को वडा अध्यक्षमा कृष्ण घिमिरे,त्रियुगा नगरपालिका १२ को वडा अध्यक्षमा नविन कुमार वान्तवा राई,धनुषाधाम नगरपालिकाको वडा अध्यक्षमा शुनिल कापर केवट,गोरखा नगरपालिका १ को वडा अध्यक्षमा बिष्णु बहादुर मगर,त्रिपुरासुन्दरी नगरपालिका ५ को वडा अध्यक्षमा नर बहादुर झाँक्री,बेलकानगरपालिका ९ को वडा अध्यक्षमा भरत घिमिरे र पुथा उत्तरुगंगा गाउँपालिका २ को वडा अध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
यता,कीर्तिपुर नगरपालिकाको नगर प्रमुखमा कृष्ण मान डंगोल र हेटौँडा उपमहा नगरपालिका १२ को वडाध्यक्षमा अर्जुन प्रसाद तिवारी,मुसिकोट नगरपालिका १ को वडा अध्यक्षमा आनन्द श्रेष्ठ,कीर्तिपुर नगरपालिका ४ को वडा अध्यक्षमा राजेन्द्र बानियाँ,कीर्तिपुर नगरपालिका १ को वडा अध्यक्षमा इच्छा कुमार महर्जन,भीमदत्त नगरपालिका ६ को वडा अध्यक्षमा प्रकाश चन्द,ठाकुर बाबा नगरपालिका ४ को वडा अमिन थारु,गढी गाउँपालिका ६ को वडा अध्यक्षमा तेतर साहु,राजपुर नगरपालिका ६ को वडा अध्यक्षमा समसे आलम,सूर्मा गाउँपालिका ४ को वडा अध्यक्षमा धिरेन्द्र पुजारा,रुन्टीगढी गाउँपालिका ४ को वडा अध्यक्षमा भुपमणी पुन मगर,इशनाथनगरपालिका ७ को वडा अध्यक्षमा शेख अब्दुल खलिक,सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष मोती राम खत्री,पूर्वीचौकी गाउँपालिका ६ को वडा अध्यक्षमा मोहन थापा,लालीगसराँस नगरपालिका ८ को वडा अध्यक्षमा नगेन्द्र लिम्बु,दुहुँ गाउँपालिका ५ को वडा अध्यक्षमा धन सिंह कुँवर र कुसे गाउँपालिका ७ को वडा अध्यक्षमा खम्ब बहादुर सिँह नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका निर्वाचन आयोगको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यसैगरी महाबु गाउँपालिका अध्यक्षमा जंग बहादुर शाही,गौरिशंकर गाउँपालिकाको उपा अध्यक्षमा उमा लुङ्गेली मगर(शेर्पा) र वामीकार्तिक खापर गाउँपालिकाको उपा अध्यक्षमा सुलोचना कुमारी भण्डारीका साथै शुद्धोधन गाउँपालिका १ को वडा अध्यक्षमा मोहमद ताहिर मुसलमान,रामगोपालपुर नगरपालिका २को वडा अध्यक्षमा सकिवुल खाँ,दुल्लु नगरपालिका १३ को वडा अध्यक्षमा लाल बहादुर शाही,मोलुङ गाउँपालिका ५ को वडा गंगा वहादुर तामाङ र सिरीजङ्घा गाउँपालिका ३ को वडा अध्यक्ष कुमारी सावादेन नेकपा(एमाले)का उम्मेदवारहरु विजयी भएका छन् ।त्यस्तै जनता समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवार बनेका डाक्नेश्वरी नगरपालिका १ का धिरेन्द्र कुमार साह र डाक्नेश्वरी नगरपालिका ४ का देवेन्द्र प्रसाद यादव वडा अध्यक्ष पदमा निर्वाचित भएका आयोगले जनाएको छ ।
साथै आफुलाई सुशासनको हिमायती सम्झीने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट काठमाडौँ महानगरपालिका १६ को उम्मेदवार बनेकी रोजिना श्रेष्ठ,नेकपा(एकीकृत समाजवादी)बाट गढीमाई नगरपालिका ८ को वडा अध्यक्षमा बजरंगी प्रसाद यादव र निकै पुरानो मानिएको नेपाल मजदुर किसान पार्टीको तर्फबाट तिलागुफा नगरपालिका ४ मा उम्मेदवार बनेका खड्ग राज शाहीले आफ्नो पार्टीको शाख जोगाएका छन् ।विभिन्न पार्टीहरुका नेता तथा उम्मेदवारहरुलाई चुनौती दिँदै कन्काई नगरपालिका ६ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका लक्ष्मी प्रसाद ओली निर्वाचित भएका छन् ।जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई र जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा कांग्रेस कै टीका कुमारी चौधरी (भुल) निर्विरोध चयन भएका छन् ।
स्थानीय तहको उपनिर्वाचन २०८१ का लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटा राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका थिए ।जसअनुसार तीन पदमा निर्विरोध हुँदा त्यसबाहेक नगरपालिकाका प्रमुख एक जना,उपप्रमुख एक जना,गाउँपालिकाका अध्यक्ष दुई जना,उपाध्यक्ष चार जना तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि राजनीतिक दलका दुई सय ७४ जना र स्वतन्त्र एक सय दुई जना गरी जम्मा तीन सय ७६ जना उम्मेदवारलाई दुई लाख २६ हजार सात सय ९९ जना मतदाताले मतदान गरेका थिए ।