जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीले आर्थिक वर्ष २०८०/०८१ मा रु साँढे दुई करोेड भन्दा बढी राजश्व संकलन गरेको छ।आर्थिक वर्ष २०८०/०८१ को साउन देखि असार मसान्त सम्मको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीले रु दुई करोड ५५ लाख ११ हजार पाँच सय राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक मदन थापाले जानकारी दिए ।
उनका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाही र मातहतका ट्राफिक प्रहरी युनिटहरुबाट खटिएको ट्राफिक प्रहरी टोलीले ट्राफिक नियम विपरित सञ्चालित २६ हजार सात सय ९३ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु दुई करोड ५५ लाख ११ हजार पाँच सय राजश्व संकलन भएको हो ।
आर्थिक वर्ष २०८०/०८१ को साउनमा तीन हजार एक सय सवारी साधनहरुलाई कार्बाही गर्दा २३ लाख दुई हजार पाँच सय,भदौमा तीन हजार पाँच सय सवारी साधनहरुलाई कार्बाही गर्दा २५ लाख ३६ हजार पाँच सय ,असोजमा एक हजार चार सय ४४ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा १४ लाख ६१ हजार पाँच सय,कार्तिकमा एक हजार चार सय ५४ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा १३ लाख ७७ हजार पाँच सय,मंसिरमा एक हजार आठ सय ५० वटा सवारी साधनहरुलाई कार्बाही गर्दा १७ लाख ७८ हजार,पुसमा एक हजार नौ सय सात वटा सवारी साधनहरुलाई कार्बाही गर्दा १९ लाख ३७ हजार पाँच सय,माघमा एक हजार सात सय ४१ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा १८ लाख १६ हजार,फागुनमा दुई हजार दुई सय ६४ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा २२ लाख ९४ हजार,चैत्रमा दुई हजार एक सय ६३ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा २२ लाख ४८ हजार,बैशाखमा दुई हजार दुई सय दुई वटा सवारी साधनहरुलाई कार्बाही गर्दा २१ लाख ८७ हजार,जेठमा दुई हजार चार सय ६१ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा २६ लाख ५२ हजार र असारमा दुई हजार सात सय सात वटा सवारी साधनहरुलाई कार्बाही गर्दा २९ लाख २१ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीले जनाएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा पाँच हजार आठ सय ७५ वटा ट्रक/ट्याङ्कर,एक हजार १५ वटा बस/मिनिबस,पाँच हजार एक सय ९९ वटा कार,जिप,भ्यान,आठ सय ४३ वटा ट्याक्टर,१३ हजार ८६ वटा मोटरसाईकल र सात सय ७५ वटा टेम्पो लगायत अन्य गरी २६ हजार सात सय ९३ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु दुई करोड ५५ लाख ११ हजार पाँच सय राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक थापाले जानकारी दिए ।
सो अवधिमा नौ सय ६१ वटा सवारी दुर्घटना हुँदा ७३ जनाको मृत्यु र छ सय १४ जना गंभिर घाईते तथा पाँच सय चार जना सामान्य घाईते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीको तथ्यांकमा उल्लेख गरिएको छ ।
सो अवधिमा ट्रक/ट्याङ्कर २२ वटा,टिपर आठ वटा,बस १४ वटा,माइक्रो तीन वटा,जिप,कार ७५ वटा,ट्याक्टर ४८ वटा,टेम्पो ३१ वटा,मोटरसाईकल छ सय १२ वटा र अन्य ६८ वटा गरी कुल नौ सय ६१ वटा दुर्घटना भएका छन् ।५४ जना पुरुष,१४ जना महिला,एक जना बालक र चार जना बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीले जनाएको छ ।