Close This

कांग्रेस ८६, माओवादी केन्द्र ४७, एकिकृत समाजवादी १८, जसपा १३ सिटमा गठबन्धनमा प्रारम्भिक सहमति

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-१६ गते   ८८० पटक हेरिएको

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु प्रतिनिधि सभाको भागबण्डामा करिब टुंगो नजिक पुगेका छन्। पाँच दलीय गठबन्धनले प्रत्यक्षतर्फका १ सय ६५ सिट बाँडफाँट गरेका हुन्। तथापी पनि यसको पूर्ण खाका भने सार्वजनिक भइसकेको छैन।
शीर्ष नेताहरुसहित बिहीबार बसेकोे कार्यदलको बालुवाटारमा बसेको बैठकले करिब प्रतिनिधि सभाको भागबण्डामा करिब टुंगो लगाएको हो । स्रोतका अनुसार बैठकमा नेपाली कांग्रेस ८६,नेकपा(माओवादी केन्द्र)४७, नेकपा(एकीकृत समाजवादी)१८,जसपा १३ र राष्ट्रिय जनमोर्चा १ सिट लिने करिब समझदारी जुटेको एक नेताले बताए ।
उनका अनुसार कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष एवम पुर्व प्रधानमन्त्ती पुष्पकमल दाहाल(प्रचण्ड),एकीकृत समाजवादीका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले सहमति जुटाएको सिट संख्यालाई कार्यदल बैठकले अन्तिम रुप दिने बताए ।
सय सिट दाबी गरेको कांग्रेसले सहमतिका लागि हदैसम्मको लचकता अपनाएको छ’, कार्यदलका एक सदस्यले भने, ‘उसले ८५ देखि ८६ सिट लिन्छ। माओवादी केन्द्र ४५ देखि ४७, एकीकृत समाजवादी १५ देखि १८ र जसपा १२ देखि १३ सिट लिन्छ। राष्ट्रिय जनमोर्चालाई १ सिट दिने गरी समझदारी बनेको छ।’
यो संख्यामा केही फेरबदल हुनसक्ने सम्भावना पनि रहेको कार्यदलले जनाएको छ। शीर्ष नेताहरुले संख्या टुंगो लगाएर कार्यदललाई जिम्मा दिएका छन्। प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार बढी सिट लिएर हार्नुभन्दा सबै जित्ने गरी सिट लिनु उपयुक्त हुने प्रधानमन्त्री देउवाको राय छ । 
अब यसको अन्तिम निर्णय कार्यदलले सार्वजनिक गर्ने छ । सिट संख्या टुंगो लगाएपछि फेरि कार्यदलले निर्वाचन क्षेत्रका विषयमा छलफल गर्ने छ। निर्वाचन क्षेत्र पनि यसैगरी सहमतिको आधारमा बाँडफाँट गर्ने एक नेताले बताए।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech