नेपालीहरूको महान् चाड दशैंको चहलपहल बढेसँगै सर्लाहीका सीमावर्ती नाकाबाट चाइनिज स्याउको अवैध ओसार पसार व्यापक रूपमा भएको पाइएको छ।जिल्लाको मलंगवा, त्रिभुवननगर,पर्सा र संग्रामपुर लगायतका सीमावर्ती क्षेत्रका नाकाहरुलाई आधार बनाएर राज्यको राजस्व प्रणालीलाई मात खुवाउने गरी चाइनिज स्याउको अवैध ओसार पसार व्यापक रुपमा भएको पाइएको हो ।चाडपर्वको समयमा बजारमा फलफूलको माग बढेको मौका छोपेर भन्सार छली गर्दै चाइनिज स्याउको अवैध ओसार पसार गर्ने गतिविधि बढेको स्थानीयको आरोप छ ।स्थानीयका अनुसार सीमावर्ती क्षेत्रबाट बाहिरिने चाइनिज स्याउको कारोबारमा संलग्न समूहले विभिन्न नाकालाई प्रयोग गर्दै अवैध रूपमा सामान पसार गरिरहेका छन् ।
सीमा सुरक्षा कै लागि गठन गरिएको सशस्त्र प्रहरी बल नेपाल सहित नेपाल भार सीमा नाकामा सुरक्षर्थ खटिएका नेपाल प्रहरी कर्मचारीहरु र केही भन्सारका कर्मचारीहरुको मिलेमता र संरक्षणमा चाइनिज स्याउको अवैध ओसार पसार व्यापक रूपमा भएको पाइएको हो ।
नेपालमा आयात हुने फलफूलको कारोबारमा प्रचलित भन्सार तथा अन्य राजस्वसम्बन्धी व्यवस्था पालना गर्नु अनिवार्य रहेपनि चाइनिज स्याउ भन्सार प्रक्रिया पूरा नगरी वा वास्तविक परिमाण र मूल्य लुकाएर ओसार पसार भईरहेको आरोप सार्वजनिक त्यसले सरकारी राजस्वमा प्रत्यक्ष असर परेको छ ।
यसरी अवैध रूपमा भित्रिएको स्याउ बजारमा बिक्री हुँदा वैधानिक रूपमा निर्यात गर्ने व्यवसायीसमेत प्रतिस्पर्धाको मारमा परेका छन्।राज्यले प्राप्त गर्नुपर्ने राजस्व गुम्ने र अवैध कारोबार गर्ने समूहले अनुचित आर्थिक लाभ लिने अवस्था सिर्जना भएको स्थानीय जानकारहरु बताउँछन् ।उनीहरुका अनुसार दैनिक लाखौँको राजस्व गुमिरहेको दाबी गरिए पनि क्षतिको वास्तविक परिमाण यकिन गर्न भन्सार अभिलेख,बरामद भएका सामानको विवरण,आयातको तथ्याङ्क र कारोबारको परिमाण सम्बन्धी आधिकारिक अनुसन्धान आवश्यक हुन्छ ।
सीमावर्ती नाकामा तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएका निकायको उपस्थितिका बाबजुद यस्ता गतिविधि हुनुभनेको सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको भूमिका माथि गम्भीर प्रश्न सृजना हुनु हो ।सुरक्षा निकायका कर्मचारीहरुको मिलेमतो रहेको आरोप सत्य हो वा होइन भन्ने विषयमा निष्पक्ष अनुसन्धान आवश्यक रहेको जानकारहरु बताउँछन् ।
यदि कुनै कर्मचारीले आफ्नो जिम्मेवारीको दुरुपयोग गरी अवैध कारोबारलाई सहयोग गरेको प्रमाणित भएमा प्रचलित कानुनअनुसार कारबाही गर्नु पर्ने साथै साथै पर्याप्त प्रमाण बिना कुनै व्यक्ति वा संस्थालाई दोषी ठहर गर्नु उचित नहुने पनि जानकारहरुको टिप्पणी छ ।