Close This

पत्रकारले गराए कोरोना विमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२२ गते   ३८१ पटक हेरिएको

कोरोना भा ईरले विश्वभरी म हामारीको रुप लिई रहेको बेला सिन्धुली जिल्लामा अग्रपंक्तिमा काम गर्ने ४७ जना पत्रकारले कोरोना बिमा गराएका छन् ।

जिल्लामा कार्यरत पत्रकारहरुले एभरेष्ट ईन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक लाख रुपैया बराबरको कोरोना बिमा गराएको उक्त कम्पनीले जनाएको छ । कोरोना भाईरसको जोखिम बढी रहेको बेला जिल्लामा अग्रपंतिमा खटेर समाचार संकलन तथा प्रकासन÷प्रशारण गर्ने पत्रकारहरुको कोरोना विमा गराएका हुन् ।

कम्पनिका सिन्धुली शाखा प्रमुख राजुप्रसाद सापकोटाका अनुसार पत्रकारको पिसिआर रिपोर्ट पोजेटिभ आएमा बिमा गरेको रकम एक लाख रुपैया पाउने छन् । अग्रपंतिमा खटिएर काम गर्दा कोरोना भा ईरसको सङ क्रमण भई हालेमा उपचारमा सयहोग पुर्‍याउने उद्देश्यले पत्रकारको कोराना विमा गर्न सुरु गरेको उहाँले बताउनुभयो ।

उक्त कम्पनीका अनुसार प्रति व्यक्ति छ सय रुपैया शुल्क तीरेर एक लाख रुपैया बराबरको सामूहिक बिमा गराएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech