मधेश प्रदेश प्रहरी कार्यालय र प्रमुखलाई अनावश्यक बदनाम गराउने काममा प्रदशे भन्दा बाहिर दरवन्दी रहेका प्रहरी कर्मचारीहरुको संग्लग्नता रहेको रहस्य फेला परेको छ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय मधेश प्रदेश पथलैया बाराका निमित्त प्रमुख तथा प्रहरी नायव उपरीक्षक वकिल बहादुर सिंहले केही प्रहरी कर्मचारीहरुलाई रमाना नदिएर मालदार ठानिएका युनिटहरुमा पठाउनु र पछिल्लो समय लगातर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका साथै यहाँका प्रमुख प्रहरी नायब महानिरीक्षक(डिआईजी)गोविन्द थपलियालाई जोडेर अनावश्यक मिडिया बाजी हुनुले प्रदेश भन्दा बाहिर दरवन्दी रहेर मधेशका विभिन्न युनिटहरुमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुको संग्लग्नता रहेको प्रष्ट हुन्छ ।
कमलामाई मिडिया प्रा.लिलाई पटक पटक सूचना प्राप्त भएपछि बिहीबार राती पर्साको डङाईपोर्ट,परवानीपुर, गणडक, पावरहाउसका साथै बाराको जीतपुर,पथलैया र अमलेखगन्जमा गरिएको अनौपचारीक स्थलगत अवलोकनमा मधेश प्रदेश भन्दा बाहिर र ट्राफिक प्रहरी भन्दा बाहिर दरबन्दी रहेका प्रहरी कर्मचारीहरुकै कारण मधेश प्रहरी बद्नाम भएको प्रष्ट भएको हो ।
जहाँ भारतिय सवारी साधनहरुले भार वाहन भन्दा बढी लोड बोकेर आउँदा डिउटीमा रहेका प्रहरी कर्मचारीहरुले प्रति ट्रक रु एक सय देखि पाँच सय सम्म रकम असुल्ने गरेका, कुखुरा, माछाका साथै तरकारी बोक्ने पिकअप बोलेरोहरुबाट समेत रकम असुल्ने सातै थानीमाई,रोयल एसएस,एपी ढुवानी सेवा,त्रिनेत्र,पवन पुत्र र लम्जुङ काली लगायतका नाम लेखिएका ट्रकहरुबाट समेत डिउटीमा रहेका ट्राफि कप्रहरी कर्मचारीहरुले रकम असुल्ने गरेका रहस्य फेला परेको छ ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय मधेश प्रदेश पथलैया बाराका निमित्त प्रमुख एवम प्रहरी नायव उपरीक्षक सिंहलाई मालदार मानिएका युनिटहरुमा जान चाहने ट्राफिक प्रहरी कर्मचारीहरुले पहिला नै कमिसन बुझाउनु पर्ने र त्यसपछि पनि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय मधेश प्रदेश पथलैया बाराका प्रहरी जवान राजाबाबु साहलाई पठाएर तथा युनिट प्रमुखहरुलाई बोलाएर कमिसन असुल्ने गरेका पाइएको छ।ट्राफिक प्रहरी स्रोतका अनुसार प्रहरी जवान साह नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय मधेश प्रदेश पथलैया बाराका घुमुवा हुन । मधेश प्रदेश भन्दा बाहिर दरवन्दी रहेका यी प्रहरी कर्मचारीहरु करिब दुई वर्षदेखि काजमा मधेशमा कार्यरत रहेका स्रोतको दाबी छ ।
त्यस्तै सो विषयमा बुझ्न नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय मधेश प्रदेश पथलैया बाराका निमित्त प्रमुख एवम प्रहरी नायव उपरीक्षक सिंहलाई फोन गर्दा उनको फोन उठेन ।यता,मधेश प्रदेश भन्दा बाहिर दरबन्दी रहेका कुनैपनि प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालयको निर्देशन बमोजिम तत्काल रमाना दिने मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामा प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाले बताए।कुनैपनि प्रहरी कर्मचारी प्रदेश भन्दा बाहिर दरवन्दी रहेर मधेश प्रदेश मै कार्यरत रहेका भए नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय मधेश प्रदेश पथलैया बाराका साथै सबै जिल्ला प्रहरी कार्यालयहरुलाई पत्राचार गरी तुरुन्त रमाना गराउन निर्देशन दिनेपनि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाका प्रहरी वरिष्ठ उपरीक्षक एवम प्रहरी प्रवक्ता थापाले बताए।