मरिणमा जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एक जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-२ गते   १८५१ पटक हेरिएको

सिन्धुलीको मरिण गाउपालिकामा १६ बर्षिया किशोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा मरिण गाउपालिका ७ जयमंगलका ३१ बर्षिया दिपेन्द्र विक रहेका सिन्धुली प्रहरीले जनाएको छ । शनिबबार दिपेन्द्रले नाताले साली पर्ने किशोरीलाई बलात्कारको प्रयास गरेको आरोप सहित उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
पक्राउ परेका दिपेन्द्रले किशोरीलाई घर पुर्याइ दिन्छु भन्दै मोटरसाईकलमा चढाएको तर घर जाने बाटो तर्फ नगई अर्कै बाटोबाट जंगल नजिक खोल्सामा लगी बलात्कारको प्रयास गरेको आरोप किशोरीले लगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक एवम प्रहरी प्रवक्ता मनोज कुमार लामाले जानकारी दिनु भयो । बलात्कार प्रयास गर्ने पुरुषलाई सिन्धुली ल्याई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक लामाले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech