नेकपा(माओवादी केन्द्र) लालबन्दीले मंसिरमा ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाकाे निर्वाचनका लागि सर्लाहीको क्षेत्र नम्बर १ बाट ४ जनाकाे नाम सिफारिस गरेकाे छ ।
माओवादी केन्द्र लालबन्दी नगर कमिटीकाे कार्यालयमा बसेकाे बैठकले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको लागि ४ जना उम्मेदवारहरुको नाम सिफारिस गरेको हाे ।
सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रल्हाद बुढाथोकी,सन्तोष दाहाल,हेम बहादुर श्रेष्ठ (श्याम) र घनश्याम देबकोटाकाे नाम सिफारिस गरेकाे हाे । माओवादी केन्द्रले प्रत्यक्ष तर्फ ४ जना र प्रदेशको प्रत्यक्ष तर्फ ५ जनाको नाम सिफारिस गरेको लालबन्दी नगर कमिटीका सचिव राजन कुमार श्रेष्ठले जानकारी दिनुभयाे । उहाँका अनुसार प्रतिनिधि सभा सदस्यकाे समानुपातिक तर्फ लाल बहादुर माझी (मनिष),अरुण बराईली ( समीर) र रामनारायण चौधरीकाे नाम सिफारिस भएको छ ।
त्यस्तै सर्लाही क्षेत्र नम्बर १ प्रदेश सभा (ख) को प्रत्यक्ष तर्फ लुमडी धिमाल (लोचन),साबित्रा बुढाथोकी,लेखराम जर्गा मगर(अर्जुन), राजन कुमार श्रेष्ठ र प्रेम कुमार अधिकारीकाे नाम सिफारिस गरिएको माओवादी केन्द्र लालबन्दी नगर कमिटिले जनाएको छ ।यता, प्रदेश सभा सदस्यकाे समानुपातिक तर्फ राम किशोर राय (विश्वजित),लक्ष्मी तामाङ (बराईली ), सुमित्रा श्रेष्ठ,मन्जुला कुमारी पासवान र शोभा कुमारी पौडेलकाे नाम सिफारिस भएको छ ।
अहिले आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभाकाे निर्वाचनका लागि सबै पार्टीबाट उम्मेदवारहरुकाे नाम धमाधम सिफारिस भई रहेकाे छ ।