Close This

घ्याङ्लेखमा लघु कर्जा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-२३ गते   १२६ पटक हेरिएको

सिन्धुलीको  घ्याङ्लेख गाउँपालिकामा गरिवी निवारणको लागि लघु उद्यमीहरुलाई लघु कर्जा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानिय स्रोत साधनको स्थानिय तहमै प्रयोग गरौ भन्ने मुल नाराका साथ घ्याङ्लेख गाउँपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 
व्यवसायीहरुलाई कर्जा सेवामा सहज होस भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको घ्याङ्लेख गाउँपालिकाले जनाएको छ । कार्यक्रममा व्यवसाय संचालन गरिरहनुभएका तथा व्यवसाय संचालन गर्न सिपमुलक तालिम प्राप्त गरिसकेका उद्यमीहरुलाई व्यवसाय संचालन गर्नको लागि आर्थिक कर्जा कसरी लिने भन्ने विषयमा जानकारी गराईएको गाउँपालिकाका उपाध्यक्ष्य दुर्गादेवि सुनुवारले बताउनुभयो । उहाँका अनुसार उक्त कार्यक्रम पश्चात सबै उद्यमीहरुलाई व्यवसाय संचालनको लागि आर्थिक अभाव भएमा कमर्सियल बैंक तथा लघु वित्तिय संस्था लिमिटेडबाट आफुलाई चाहेको कर्जा लिएर व्यवसाय गर्न सकिने बताइएको छ ।
कमर्सियल बैंक र लघु वित्तिय संस्था लिमिटेडको साझेदारीमा कार्यक्रमको आयोजना गरिउको थियो । घ्याङ्लेख गाउँपालिकाकी उपाध्यक्ष सुनुवारको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका वडा नम्बर १, २ र ३ का ३० जना उद्यमीहरुको सहभागिता रहेको आयोजकले बताएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech