Close This

बाहिनीपति ढाडाको टोलीद्धारा पर्साबाट एक ट्रक कपडा बरामद्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-५ गते   ४८ पटक हेरिएको

पछिल्लो समय सशस्त्र प्रहरी प्रदेश नम्बर २ बाहिनी निकै आक्रमक भएको छ । प्रदेश २ का ८ जिल्लाका विभिन्न स्थानहरुबाट भइृ रहेको तस्करीकोविभिनन संचार मध्यामहरुमा समाचार प्रकाशन भएपछि आक्रामक बनेको बाहिनीको टोलीले पर्साको इनर्वा गाउँबाट कपडाको तस्करी भई रहेको सुचनाको आधारमा पुगेको बाहिनी पति(डिआईजी)गणेश बहादुर ढाडाको टोलीले एक ट्रक कपडा बरामद्् गरेको हो ।
इनर्वाबाट लाइन पाएका सुरेन्द्र र जटाधारी त्यसैगरी छपकैयाबाट तस्करीको लाइन पाएका बिबेक र हरेन्द्र पटेलको एक ट्रक सामान सशस्त्रको बाहिनीको टोलीले बरामद् गरेको २ नम्बर बाहिनीले जनाएको छ ।
जिल्लाको विभिन्न नाकाबाट तस्करी धन्दामा प्रहरीको सेटिङ रहेको भएपनि बाहनिकिो टोलीले एक ट्रक कपडा बरामद् गरि आन्तरीक राजश्व कार्यालय पथलैया बुझाउने तयारी गरेको छ । उक्त तस्करीको सामान ती तस्करहरुले मदन रून्चेको ट्रान्सपोटमा बुझाउने गर्दै आएका थिए ।अहिले इनर्वा गाउँ र छपकैयाबाट ठूलो तस्करीको लाइन चल्दै आएको छ । स्थानिय दुवै प्रहरीले मोटो रकम लिएर तस्करी चलाउने गरेको सुचना पाएपछि वाहिनीपति(डिआईजी) ढाडा आफैँ तस्करीका सामानहरु बरामद् गर्न फिल्डमा खट्ने गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech