विष्णु गाउँपालिका–५ बाट साँढे ५ लाखको कपडा सशस्त्र प्रहरीको नियन्त्रणमा

194 Shares

सर्लाहीको विष्णु गाउँपालिका–५ स्थित नेपाल भारत सीमा क्षेत्र नजिकैबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा कपडा बरामद् गरेको छ।भारतबाट लुकाई छिपाई नेपाल तर्फ भन्सार छली कपडा ल्याएर स्टोर गरी राखेको विशेष सूचनाको आधारमा खटिएको शसस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवा कडा एक्सनमा उत्रिएको छ।शसस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाका गुल्मपति एवम शसस्त्र प्रहरी नायव उपरिक्षक विष्णु अधिकारीको नेतृत्वको शसस्त्र प्रहरीको टोलीले अन्दाजी पाँच लाख बढीको विभिन्न प्रकारका कपडा बरामद् गरेको हो ।
विष्णु गाउँपालिका–५ फेन्हरा स्थित राम नारायण राय यादवको घरमा छिमेकी देश भारतबाट लुकार्य छिपाई कपडा ल्याई राखेको विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी सहित भन्सार कार्यालय सर्लाहीको टोलीले रु पाँच लाख ५० हजार बराबरको कपडा बरामद् गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।
देशको अर्थतन्त्रलाई खोक्रो बनाउने तस्कर र अवैध धन्दामा संलग्न गिरोह विरुद्ध पछिल्लो समय सशस्त्र प्रहरी निकै आक्रमक भएर लागेको छ ।सीमा क्षेत्रमा अवैध तस्करी नियन्त्रणका लागि खटिएका एक दबंग सशस्त्र प्रहरी नायब उपरीक्षक अधिकारीले सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी बर्दिवास मधेश प्रदेशको निर्देशनमा आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर पनि अप्रेशनहरु गर्ने गरेका छन् ।
यीनै शसस्त्र प्रहरी नायव उपरिक्षक अधिकारी राज्यको राजस्व चुहावट गरी रातारात मालामाल बन्न खोज्ने तस्करहरूका लागि टाउको दुखाइका पात्र बनेका छन् ।स्रोतका अनुसार शसस्त्र प्रहरी नायव उपरिक्षक अधिकारी शसस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाको गुल्मतपति भएर आएदेखि सर्लाहीका सीमावर्ती नाकाहरूबाट हुने अवैध सामानको ओसारपसार र तस्करीमाथि कडा निगरानी बढाइएपछि तस्करहरुको निदहराम भएको छ ।
तस्करहरूको जालो तोड्दै आक्रामक सुरक्षा नीति
खुला सीमानाको फाइदा उठाउँदै सेटिङका आधारमा हुने अवैध कारोबारलाई पूर्ण रूपमा निरुत्साहित गर्ने उद्देश्यसहित शसस्त्र प्रहरी नायव उपरिक्षक अधिकारीले कमान्ड सम्हालेदेखि नै कडा नीति अवलम्बन गर्दै आएका छन्। यसअघि पनि तस्कर र सेटिङ मिलाउने गिरोहहरूले विभिन्न प्रलोभन देखाए पनि ती सबै दबाबलाई लत्याउँदै उनले आफ्नो कार्यशैलीमा कुनै सम्झौता गरेका छैनन्।
एकै दिनमा १३ लाख बढीको सामान पक्राउ पर्नुले सीमा क्षेत्रमा सक्रिय तस्करहरूको मनोबल खस्केको छ भने स्थानीय व्यवसायी र इमानदार नागरिकहरूले सुरक्षा प्रशासनको यस कदमको खुला प्रशंसा गरेका छन्। बरामद गरिएका यी सबै अवैध सामग्रीहरूलाई आवश्यक कारबाही तथा कानुनी प्रक्रियाका लागि सर्लाही भन्सार कार्यालय सहित सम्बन्धीत कार्यालयहरुमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रशासनको चेतावनीः “तस्करी सह्य हुँदैन्।”
शसस्त्र प्रहरी नायव उपरिक्षक अधिकारीले अवैध कारोबार गर्ने जोसुकै व्यक्ति वा गिरोहलाई अब कुनै पनि हालतमा छुट नदिइने स्पष्ट चेतावनी दिएका छन्।सशस्त्र प्रहरी बल,नेपाल छिन्नमस्ता बाहिनी मधेश प्रदेशका प्रमुख एवम डिआईजी विष्णु भट्टको नीतिलाई पालना गर्दैै कानुनको धज्जी उडाउँदै राज्यलाई कर तिर्नबाट छल्ने र राष्ट्रिय अर्थतन्त्र धारासायी पार्नेहरुको निमिट्यान्न पार्न उनी आक्रामक रूपमा प्रस्तुत भएका छन् ।सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न खटिएका सुरक्षाकर्मीहरूको यो दृढताले देशको राजस्व संकलनमा सकारात्मक प्रभाव पार्ने स्थानीय जानकारहरु बताउँछन् । 

सम्बन्धित समाचार