अनेरास्ववियु(क्रान्तिकारी)को पदाधिकारी सहित २४३ सदस्यका लागि सर्लाहीबाट आठ जनाको उम्मेदवारी

469 Shares

नेकपा(माओवादी केन्द्र)को भातृ विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन( क्रान्तिकारी)को ३३ सदस्यीय पदाधिकारी सहित दुई सय ४३ सदस्यका लागि सर्लाहीबाट मात्रै आठ जनाको उम्मेदवारी परेको छ ।अनेरास्ववियु(क्रान्तिकारी)को केन्द्रीय समिति अध्यक्ष पदका लागि सर्लाहीका विश्वमणी थापा,उप महासचिव  पदका लागि सर्लाहीकै संदिप न्यौपाने र विवेक मैनाली,अनुशासन आयोगको खुल्ला अध्यक्ष पदका लागि सर्लाहीका अर्पण पौडेल,लेखा आयोग सचिवका लागि सर्लाहीका सरोज रायमाझी,छात्रा तर्फ सचिवालय सदस्यका लागि सर्लाही कै सुस्मिता थापा र केन्द्रीय सदस्यका लागि सर्लाहीका अनिता बुढाथोकी र असलम खानको उम्मेदवारी परेको हो ।
अनेरास्ववियु(क्रान्तिकारी)को केन्द्रीय अध्यक्षका लागि सर्लाहीका थापा सहित उपदेश कुमार यादव,सुदिन पौडेल,हेमन्त राई,विजय प्रकाश शर्मा र योगेन्द्र बुढा सहित छ जनाले उम्मेदवारी दर्ता गराएका अनेरास्ववियु(क्रान्तिकारी)को केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।आयोगका अनुसार खुला र आरक्षण गरि नौ जना उपाध्यक्षका लागि ४४ जना,महासचिवका लागि १० जना र नौ जना उप महा सचिवका लागि सर्लाहीका न्यौपाने र मैनाली सहित ३७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी,खुला र विभिन्न आरक्षणसहित १२ सचिव पदका लागि ६१ जनाको र कोषाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ।दुई सय ४३ सदस्यीय केन्द्रीय कमिटिमा ३३ जना पदाधिकारी,४८ जना सचिवालय सदस्य र एक सय ६२ जना केन्द्रीय सदस्य रहने अखिल(क्रान्तिकारी)को विधानमा व्यवस्था छ ।२३ औँ राष्ट्रिय सम्मेलन अन्र्तगत दुई वर्षे कार्याकालका लागि नयाँ नेतृत्व चयनका लागि आज( माघ १२) गते शनिबार निर्वाचन हुदैछ ।

सम्बन्धित समाचार