Close This

एकिकृत समाजवादीे लालबन्दीको नगर स्तरीय युवा भेला नवलपुरमा सम्पन्न,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१५ गते   २५३२ पटक हेरिएको

नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी ) लालबन्दी नगर कमिटि सर्लाहीले लालबन्दी नगरपालिका १ मा लालबन्दी नगर स्तरिय युवा भेला कार्यक्रम सम्पन्न गरेको छ । लालबन्दी नगरपालिका १ नवलपुरको अनमोल पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि नेकपा(एकिकृत समाजवादी)ले नगर स्तरीय युवा भेला सम्पन्न गरेको हो ।
लालबन्दी नगर अध्यक्ष राजन काफ्लेको अध्यक्षता तथा प्रदेश सभा सदस्य वेची लुङ्गेलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा(एकिृकृत समाजवादी) सर्लाहीका अध्यक्ष  सुरेन्द्र लामालगायतको विशेष आतिथ्यता रहेको एकिकृत समाजवादी हरिवन नगर कमिटि अध्यक्ष चुडामणी वाग्लेले जानकारी दिनु भयो । उहाँका अनुसार भेलाले सन्तोष देवकोटाको अध्यक्षतामा २१ सदस्यीय नगर खेलकुद महासंघ समेत गठन गरेको छ । 
नेकपा(एमाले)बाट अलग भएको एकिकृत समाजवादीले आफ्नो संगठन विस्तारको क्रममा मंसिर १८ गते इश्वरपुर नगरपालिका र बसवरिया गाउँपालिका,मंसिर १९ गते कविलासी नगरपालिका,मंसिर २० गते चन्द्रनगर गाउँपालिका,मंसिर २२ गते हरिपुर नगरपालिका,मंसिर २५ गते मलंगवा नगरपालिका र मंसिर २६ गते बागमती नगरपालिकामा गाउँ तथा नगरस्तीय भेलाको आयोजना गरेको एकिकृत समाजवादी सर्लाहीका संगठन विभाग प्रमुख भरत कार्कीले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech