Close This

लालबन्दी नगरपालिकालाई नगद र वडा नम्बर ७ लाई स्वास्थ्य सामाग्री सहयोग,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-११ गते   ४७९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकालाई नगद सहित विभिन्न स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । लालबन्दी नगरपालिका वडा नं. ७ घर भई काठमाण्डौमा बस्दै आउनु भएका गौरीशंकर फाइनान्सका अध्यक्ष कुबेरराज ढुंगेलले नगरपालिकालाई नगद पाँच हजार, एक सय पाँच रुपैया लालबन्दी नगरपालिकाको कोरोना भाइरस विपद् सहायता कोषमा सहयोग गरि दिनु भएको लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती कुमारी लामाले जानकारी दिनु भयो ।


ढुंगेलले वडा नं. ७ का लागी विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गर्नु भएको छ । ४४ थान स्यानिटाइजर,ग्लोब्स ,हात धुने साबुन  सहयोग गर्नु भएको हो । विश्वव्यापी माहामारीको रुपमा फैलिएको  कोरोना भाईरस विरुद्धको अभियानमा केही सहयोग पुगोस भनेर आफुले व्यक्तिगत सहयोग गरेको ढुंगेलले बताउनु भयो । उहाँले वडा नम्बर ७ का वडा अध्यक्ष सुरेन्द्र कुमार न्यौपाने मार्फत नगद तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको नगरपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech