प्रेस सेन्टर प्रदेश २ को अध्यक्ष मा पुन कर्ण सर्वसहमत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-११ गते   ११५ पटक हेरिएको

 प्रेस सेन्टर नेपाल प्रदेश २ कोे दोश्रो प्रदेश अधिवेशनले किरण कर्णको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । शनिवार(आज)जनकपुरधाममा सम्पन्न दोस्रो प्रदेश अधिवेशनले कर्णको नेतृत्वको कार्य समिति सर्वसहमत चयन गरेको हो ।४१ सदस्यीय प्रदेश कमिटी निर्माण हुने र बाँकी रहेको खाली कोठामा आगामी बैठकले परिपुर्ति गर्ने समितिका अध्यक्ष कर्णले बताउनु भयो ।
नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा दिपेन्द्र सिंह,उपाध्यक्षमा रामभरोसी यादव र सुनिता महतो रहेका छन् । यस्तै सचिव प्रमुखमा गोपाल प्रसाद गुप्ता र सचिवमा अनिल पाण्डे, रामनारायण महतो,सरोज पासवान,भक्ति रिजाल,ध्रुव कुमार मण्डल,ओम किशोर चौधरी, मुनेस लायो मगर र कोषाध्यक्षमा दिपेन्द्र प्रसाद यादव सर्वसहमत  चयन भएका नवगठित समितिका सचिव गुप्ताले जानकारी दिनुभयो ।
त्यसैगरी सदस्यहरुमा ज्योती लामा,विमल नगरकोटे(अभिषेक),प्रेमनाथ पौडेल,प्रह्लाद साह,कृष्ण तिवारी, दिपेश पौडेल,निरन्जन साह,महेन्द्र मण्डल,अनुभक्त चौधरी,अशोक श्रीवास्तव,संजित कुमार गुप्ता,राम मण्डल,रामनारायण पण्डित, विभु अधिकारी,अजय यादव, भावना सुनार,कुमारी घिसिङ,फेजुला आलम र महेन्द्र सहनी रहेका छन् ।
सर्वसहमत गराउन लामो समय छलफल भएपछि प्रदेश कमिटि सर्वसहमत घोषणा गरिएको हो । कार्यक्रममा शिक्षा,विज्ञान तथा प्रविधि राज्य मन्त्री बोधमाया यादवको प्रमुख आतिथ्यता रहेको थियो भने  प्रदेश २ का आन्तरीक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहको विशिष्ट आतिथ्यता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech