पाहुँना टोली दार्जिलिङ, सूदुरपश्चिम–११ संग २–१ ले पराजीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-२६ गते   ९०४ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका ७ मा जारी सातौँँ राजर्षी जनक कप फुटबल प्रतियोगितामा सुदूरपश्चिम–११ धनगढीसँग युनाइटेड खर्साङ क्लब दार्जिलिङ २–१ गोलले पराजित भएको छ ।पाहुना टोली युनाइटेड खर्साङ क्लब दार्जिलिङ यो हारसंगै प्रतियोगिताबाटै बाहिरिएको आयोजक बागमती युवा क्लबले जनाएको छ ।
बागमती नगरपालिका ७ स्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा भएको मधेश प्रदेश कै सर्वाधिक धनरासीको फुटबल प्रतियोगीता सुरुवाती गोल गरे पनि अग्रता कायम राख्न नसक्दा पाहुना टोली दार्जिलिङ पहिलो खेलमै पराजित भइ घर फर्र्किएको हो ।
खेलको ३८ औँ मिनेटमा दार्जिलिङका नयन प्रधानले गोल गर्दै अग्रता दिलाएका भएपनि त्यसको दुई मिनेट मै सुुदूरपश्चिम–११ का भरत टमाटाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
खेलको निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट थप गोल हुन नसकेपछि २० मिनेट अतिरिक्त समय थप गरिएको थियो ।अतिरिक्त समयको ७ मिनेटमा सूदुरपश्चिम–११ ले डिबक्स नजिकैबाट पाएको फ्रि किकलाई सदूपयोग गर्दै उसका फागुराम थारुले उत्कृष्ट गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाएका हुन । थारुको त्यही गोल जितका लागि निर्णायक बनेको थियो ।
बिहीबारको खेलमा टिमलाई दोस्रो गोल गरेर विजयी गराउन सफल थारु नै म्यान अफ दी म्याच बन्दै नगद रु १० हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा शुक्रबार विभागीय क्लब नेपाल पुसिल क्लब र जनजागृति फुटबल क्लब सीमरा,बारा खेल्ने आयोजक बागमती युवा क्लबका महासचिव एवम बागमती नगर खेलकुद विकास समिति संयोजक सागर मैनालीले जानकारी दिए ।
बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजनामा माघ २५ गतेबाट सुरु भएको प्रतियोगीता फागुन ७ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिताको बिजेताले रनिङ शिल्डसहित नगद रु १० लाख र उपबिजेताले रु ५ लाख पुरस्कार प्राप्त गर्ने बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech