परिक्षाकाे मुखैमा केन्द्र परिवर्तन,विद्यार्थीहरु आन्दाेलीत

3.4k Shares

परीक्षा केन्द्र परिवर्तन गरिएको भन्दै सर्लाहीका विद्यार्थीहरु आन्दोलीत भएका छन्। परिक्षाकाे मुखैमा आएर परीक्षा केन्द्र परिवर्तन गरिएको भन्दै  सर्लाही क्याम्पस मलंगवाका स्नातक तह चौथो वर्षका विद्यार्थीहरू आन्दाेलित भएका हुन ।
 उनिहरुले आज (आइतबार) बिहान परीक्षा केन्द्र परिवर्तन गरिएको विराेधमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। उनीहरूले नवलपुर-मलंगवा सडकखण्ड अन्तरगत क्याम्पस अगाडि टायर बालेर नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन्। जसका कारण सदरमुकाम मलंगवाबाट सञ्चालन हुने र मलंगवा आउने सवारीसाधन अवरुद्ध भएका छन् ।
स्नातक तह चौथो वर्षको २० गते मंगलबारदेखि हुने परीक्षाअन्तर्गत सर्लाही क्याम्पस मलंगवाको परीक्षा केन्द्र (होम सेन्टर) कायम गरिएको थियाे , तर शनिबार मात्र बरहथवास्थित शुभजनता क्याम्पसमा परीक्षा केन्द्र  सारिएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्। 
विश्वविद्यालयको वेभसाइटमा पनि मलंगवाको परीक्षा केन्द्र सारिएको बारे कुनै जानकारी नराखिएको र लिखित रूपमा क्याम्पस प्रशासनलाई कुनै जानकारी नआएको क्याम्पस प्रमुख राजेश यादवले बताए ।
अन्तिम समयमा परीक्षा केन्द्र सारिँदा विद्यार्थीलाई समस्या हुने भन्दै यादवले अन्य क्याम्पसको भने होम सेन्टर नै कायम रहनुले आफू आश्चर्यचकित भएको बताएका छन् .

सम्बन्धित समाचार