सर्लाहीको ईश्वरपुरमा असोज १७ गतेबाट सुरु भएको मेयर कप वडा स्तरिय नक आउट फुटबल प्रतियोगितामा आईतबार हुने पहिलो खेलमा इश्वरपुर नगरपालिका ८ र १४ का साथै आईतबार नै हुने दोस्रो खेलमा इश्वरपुर नगरपालिका ६ र इश्वरपुर नगरपालिका ९ विच प्रतिस्पर्धा हुने भएको छ ।
शनिबार भएको खेलमा इश्वरपुर नगरपालिका १० खैराबेला इश्वरपुर नगरपालिका १५ बगहर्वा सोकनाहासंग २ गोलले पराजीत भएको छ भने शनिबार नै भएको दोस्रो खेलमा इश्वरपुर नगरपालिका १२ संग इश्वरपुर १३ पनि पराजीत भएको छ ।ईश्वरपुर नगरपालिका ८ रामपुरस्थित खेल मैदानमा असोज १७ गतेबाट सुरु भएको मेयर कप वडा स्तरिय नक आउट फुटबल प्रतियोगितामा शुक्रबारको खेलमा इश्वरपुर नगरपालिका ४ स्थित सागरनाथले इश्वरपुर नगरपालिका २ राइटरखोर मियाखोरलाई ६ का विरुद्ध ५ गोल अन्तरले पेनाल्टी सुट आउटमा हराएको थियो ।
त्यस्तै शुक्रबार नै भएको अर्काे खेलमा इश्वरपुर ३ भक्तिपुर तीन घरियाले इश्वरपुर ५ सखुवनी फूलजोरलाई एक गोल अन्तरले पराजित गरेको हो । असोज २४ गतेसम्म संचालन हुने प्रतियोगितामा नगर भित्रका १५ वटै वडाले सहभागिता जनाएका आयोेजक इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको बिजेताले रु ५१ हजार नगद,उप बिजेताले रु ३१ हजार नगद र तेस्रो हुने टिमले रु ११ हजार नगद प्राप्त गर्ने छन्।प्रतियोगितामा पहिलो खेलमा युनिभर्सल युवा क्लब मनहर्वाले जनजागृति युवा क्लब रामपुरलाई ५ का विरुद्ध ३ गोल अन्तरले पराजीत गरेको छ।
नेपालीहरुको महान चाड वडादशैँको शुभकामना अदान प्रदान गर्ने र स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने उद्धेश्य सहित इश्वरपुरमा मेयर कप वडा स्तरिय नक आउट फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।खेलकुदको माध्यामबाट नै राष्ट्रिय अन्र्तराष्ट्रिस्तरमा पहिचान बनाउन सकिने भएकाले पछिल्लो समय देशभरका प्राय स्थानीय तहहरुले विभिन्न अवसरहरुका साथै समयमा खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेका छन् ।