कविलासी ५ रनियाको अस्पताल निर्माण कार्य रोकियो

एसपि गौरव    प्रकाशित: २०८०-६-१३ गते   ४३० पटक हेरिएको

सर्लाहीको कविलासी नगरपालिका ५ स्थित रनियामा रु २१ करोड ८६ लाख ८४ हजार नौ सय ७७ रुपैयाँ ४९ पैसामा निर्माण सुरु भएको १५ शैयाको आधारभुत अस्पतालको निर्माण कार्य रोकिएको छ । अस्पतालको भुर्र्ईँ ढलानमा खिया लागेको रडको प्रयोग गर्न खोजिएको भन्दै चौतर्फी आलोचना भएपछि ठेकेदार कम्पनीले अस्पताल भवन निर्माणको काम रोकेको हो । कविलासी नगरपालिकाले २०७९ असार १३ गते मिशन–डि एण्ड एन जेभी,बानेश्वर १०,काठमाण्डौसंग रु २१ करोड ८६ लाख ८४ हजार नौ सय ७७ रुपैयाँ ४९ पैसामा १५ शैयाको आधारभुत अस्पताल निर्माणको ठेक्का सम्झौता गरेको भएपनि अस्पतालको भुई ढलान मै गुणस्तरहिन काम गरेको नगरपालिकाको मिलेमतो रहेको भन्दै कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालित कमलामाई खबर डटकम लगायतका मिडियाहरुबाट समाचार प्रकाशन प्रसारण भएपछि अस्पतालको भवन निर्माणको काम रोकिएको हो ।
कविलासी नगरपालिका ५ स्थित रनियामा रु २१ करोड ८६ लाख ८४ हजार नौ सय ७७ रुपैयाँ ४९ पैसामा निर्माण सुरु भएको १५ शैयाको आधारभुत अस्पतालको भुईँ ढलानमा खिया लागेको रडको प्रयोग गरिएको भन्दै कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालित कमलामाई खबर डटकम लगायतका मिडियाहरुबाट समाचार प्रकाशन प्रसारण भएपछि कविलासी नगरपालिकाले निर्माण कार्य रोकि आवश्यक मापदण्ड अनुसार निर्माणको काम गर्न भनेको थियो ।मिशन–डि एण्ड एन जेभी,बानेश्वर १०,काठमाण्डौले रेडियम कन्स्ट्रक्सन प्रा.लि जनकपुरलाई पेटीमा निर्माणको काम गर्न दिएको र पेटी ठेकेदारले निर्माण कार्य अलपत्र पारेका कविलासी नगरपालिका ५ का निवर्तमान वडा अध्यक्ष राज किशोर रायले बताए ।
ठेक्का लागेको १५ महिनाको अवधिमा आधारभूत अस्पताल निर्माणको काम जग मात्र हालिएको थियो । पछि वर्षाले डुबानमा परेपछि खिया लागेको रडमा ठेकेदार कम्पनीको ढलान गर्ने योजना बनाएपछि मिडियाको दवावमा परेको कविलासी नगरपालिकाले ठेकेदार कम्पनीलाई काम रोक्न पत्राचार गरेपछि अस्पताल भवन निर्माणको काम रोकिएको हो ।
कविलासी नगरपालिकाले २०७९ असार १३ गते कार्यादेश दिइ २०८२ असार १५ गते भित्र तोकिएको गुणस्तरमा कार्यसम्पन्न गर्न  मिशन– डि एण्ड एन जेभी,बानेश्वर १०,काठमाण्डौसँग सम्झौता गरेको थियो ।तर मिशन– डि एण्ड एन जेभी,बानेश्वर १०,काठमाण्डौँले रेडियम कन्स्ट्रक्सन प्रा.लि जनकपुरलाई पेटीमा दिएको थियो । आफैँ कालो सुचिमा परेको घ वर्गको रेडियम कन्ट्रक्सन प्रा.लिले गुणस्तरहिन काम गरेपछि नगरपालिकाका जनप्रतिनिधिहरुले चौतर्फी आलोचना समेत खेप्नु परेको थियो । करिब रु ६० लाखको काम सकाएको निर्माण कम्पनीले भुईँ ढलान पनि पुरा नगरी मोविलाईजेसन रकम भन्दै करिब रु ३ करोड ७१ लाख भुक्तानी लिई सकेको कविलासी नगरपालिकाका निवर्तमान नगर प्रमुख कौशल किशोर यादवले बताए । उनका अनुसार कमसल कम्पनीको निर्माण सामाग्री प्रयोग गरिएको र अस्पताल निर्माणका गुणस्तरहिन काम भएको छ । 
अस्पताल भवन निर्माणको सवालमा व्यापक गुनासो आउन थालेपछि नगरपालिकाले भदौ २६ गते र त्यसपछि पनि ठेकेदार कम्पनी मिशन–डि एण्ड एन जेभी काठमाण्डौँलाई स्टिमेट अनुसारको गुणस्तरिय कार्य अविलम्ब सुचारु गर्न पत्राचार समेत गरेको थियो । निर्माण कम्पनीले काममा ढिला सुस्ती गरेको र अनुगमनको क्रममा मौखिक रुपमा बारम्बार ताकेता गर्दा समेत अटेर गरेकाले पत्राचार गरिएको नगरपालिकाले जनाएको छ ।
करिब ३ वर्षमा निर्माण सम्पन्न गर्नेगरी अस्पताल भवन ठेक्का लागको भएपनि १५ महिना हुँदा सम्म भुईँ ढलानको पनि काम सकिएको छैन् । अस्पताल निर्माण कार्य सन्तोषजनक नहुनुमा ठेकेदार कम्पनीको बदमासी र नगरपालिकाको वेवास्था नै मुख्य कारण रहेको स्थानीयको भनाई छ ।अस्पताल भवन निर्माण स्थलमा रहेका खियाँ लागेका रड हटाउने र नयाँ रड प्रयोग गरेर अस्पतालको भवन निर्माणको काम हुने कविलासी नगरपालिकाका नगर प्रमुख ब्रम्हदेव राय यादवले बताए ।
अस्पताल निर्माणमा लापरबाही गर्न ठेकेदारलाई छुट दिने कार्यमा नगर प्रमुख,प्रमुख प्रशासकीय अधिकृत,लेखाका कर्मचारी र प्राविधिकको मिलेमतो रहेको स्थानीयको आरोप छ । कविलासी नगरपालिकाको ठूलो योजना अस्पताल निर्माण रहेको भएपनि सम्झौता लगत्तै काम सुरुवात नगर्नु र पछि निर्माण कम्पनीले काम गरेको भन्दा चार गुणाबढी  रकम भुक्तानी लानुले पनि नगरपालिकाको मिलेमतोमा भ्रष्टाचार भएको आशंका सहजै गर्न सकिन्छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech