Close This

कोरोना मुक्तभएपछि पनि समाजले हेर्ने दृष्टिकोणमा फरक

रासस    प्रकाशित: २०७७-६-७ गते   २२७४ पटक हेरिएको

जिल्लामा कोरोना भाईरस(कोभिड १९) जितेर सन्चो भई घर फर्किएका व्यक्तिलाई उपचारपछि पनि समाजले हेर्ने दृष्टिकोणमा फरक पाईएको छ । लालबन्दी नगरपालिका २ निवासी ३३ बर्षिय सारदा वान्तवाले कोरोना लागेका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा फरक पाएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “घर परिवारका मानिस देखि समाजका अरु व्यक्तिले पनि गर्ने व्यवहार निकै फरक हुदो रहेछ,मेरा दुई छोरा छन उनिहरु पनि तपाईलाई कोरोना लागेको हैन अलि पर वस्नुस भन्छन ।”
उहाँले भन्नुभयो, “म महिला सञ्जालमा काम गर्छु समाजमा सबै खालका मुद्धाहरु आईरहन्छन  । समाजमा धेरै दिदी बहिनीहरुसंग भेट हुन्छ समाजमा संगै बसीन्छ । एक दिन अचानक मलाई कम्जोर महसुस भयो । अनी जाँच गराउँदा कोरोना भएको रहेछ । त्यसपछि घरमा आएर ३ दिन जति छुट्टै घरमा क्वारेन्टानमा बसे । त्यही बेला स्वाब परिक्षणको रिपोर्ट आयो । शंका त लागेको थियो तरकमजोरी होला भन्ने सोचेको थिएँ तर फ्याट्ट कोरोना देखियो ।” त्यसपछि लालबन्दी नगरपालिकाल तयार पारेको कृषि सामाग्री कम्पनी लिमिटेडको भवनको आईसोलेसनमा  दुई सातासम्म उपचार गर्न बस्दा व्यक्तिगत सरसफाई र खान पिनले नै कोरोनालाई जितेको उहाँको अनुभव छ । बेला बेलामा तातो पानी र बेसार पनि खाएको उहाँले सुनाउनुभयो ।
कोरोनालाई सामान्य सोच्नु नहुने बताउदै उहाँले बिरामीको उपचारमा स्वास्थ्यकर्मीले सोचेभन्दा बढी सहयोग गरेको वान्तवाको भनाई छ । लालबन्दी नगरपालिका–८ निवासी वडा नम्बर ८ का वडा अध्यक्ष समेत रहेका ३५ बर्षिय राजन कुमार श्रेष्ठ पनि तातो पानी बेसार, जिरा र अदुवा पानी खाएर आफुले कोरोनालाई जितेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “कोरोना लाग्ने बित्तिकै सुरुमा निकै डर लागेको थियो, तर डराउनु नहुने रहेछ । लागिहाले आत्तिहाल्नु पर्ने अवस्था हुदो रहेन छ । कोरोना भनेको केही होईन रहेछ ।” कोरोना लागेपछि घर बाहिर समाजका व्यक्ति टाढा नै हुन खोज्ने पाएको बताउदै उहाँले आफुले पनि अरु कोरोना संक्रमितहरुसंगै आईसोलेनसमा नै बसेर उपचार गरेको र आइसोलेसनमा बस्दा अरु कोरोना संक्रमितको मनोवल  नघटोस भनेर रमाइलो गरेको बताउनुभयो ।
जिल्लामा करिब २२ सयको हाराहारीमा कोराना संक्रमण देखिएको भएपनि लालबन्दी नगरपालिकामा ८४ जनामा मात्र कोरोना संक्रमण देखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । अहिले जिल्लाको उकमात्र नगरपालिका लालबन्दीमा कोरोना संक्रमणका विरामी एकजना पनि नरहेका नगर स्वास्थ्य शाखाका सह संयोजक सुरेन्द्र कुमार खतिवडाले बताउनुभयो ।नगरमा देखिएका ८४ जना कोरोना संक्रमित सबै कोरोना जितेर घर गइ सकेका नगरपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech