Close This

टयाङ्की मर्मतका लागि बिहीबार बिहान सम्म खानेपानी अवरुद्ध हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-१० गते   ३५८ पटक हेरिएको

रमेश अधिकारी(रितिक) 


सर्लाहीको लालबन्दी नगरपालिका ६ स्थित रहेको खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लालबन्दीले खानेपानी उपभोक्ताहरुका लागि सुचना जारी गरेको छ । तेस्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति लालबन्दीले बुधबार साँझ ८ बजेदेखि हिरापुर स्थित ट्यांकीको पानी प्रशारण लाइन मर्मत गर्नुपर्ने भएकाले खानेपानी अवरुद्ध हुने भन्दै सुचना जारी गरेको हो ।
खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लालबन्दीले जारी गरेको सुचना अनुसार बुधबार बेलुका ८ बजेदेखि बिहीबार बिहान ११ बजे सम्म हिरापुर स्थित ट्यांकीको पानी प्रशारण लाइन मर्मत गर्नुपर्ने भएकाले खानेपानी अवरुद्ध हुने भन्दै सुचना जारी गरेको सुचना अधिकारी ठाकुर प्रसाद बख्रेल(मनोज)ले जानकारी दिए । उनका अनुसार हिरापुर स्थित ट्यांकीको पानी प्रशारण लाइन मर्मत गर्न बुधबार बिहानै देखि आवश्यक प्राविधिक टोली खटि रहेको छ ।
समितिले जारी गरेको सुचनामा हिरापुर स्थित ट्यांकीको पानी प्रशारण लाइन मर्मत गर्ने क्रममा उपभोक्तालाई पर्न गएको असुविधा र समस्या प्रति गम्भीर भएको समेत बताएको छ ।समितिले कुनै गुनासो तथा समस्या र जानकारीका लागि सुचना अधिकारी बख्रेल,इन्जिनियर सुवास कुमार मण्डल  र कार्यालय प्रमुख मुकुन्द श्रेष्ठलाई सम्पर्क गर्न पनि सुचना मार्फत अनुरोध गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech