चन्द्रपुर अस्पतालद्धारा पत्रकारहरुलाई निःशुल्क स्वास्थ्य जाँच

3.4k Shares

रौतहटको चन्द्रपुरमा रहेको  चन्द्रपुर हस्पिटलले पत्रकारलाई लक्ष्यित गरी निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ ।

चन्द्रपुरमा सक्रिय पत्रकारहरुलाई लक्षित गरि बुधबार हस्पिटलले निःशुल्क स्वास्थ जाँच गरेको हो । 
जिल्लामा हुदै आएको विकासात्मक गतिविधिहरु,भ्रष्टचार विरुद्ध,चेतनामुलक तथा समाजमा हुने विभिन्न घटनाको सत्यतथ्य समाचार बनाउँदै आएका पत्रकारहरुको स्वास्थ्यका खरावी हुन सक्ने भन्दै हस्पिटलले पत्रकारहरुको स्वास्थ्य जाँच गरको चन्द्रुर हस्पिटल प्रालिका प्रमुख डा.सुभाष चौधरीले बताउनु भयो । चन्द्रपुरमा रहेका विभिन्न सञ्चार गृहमा आबद्ध दर्जन भन्दा बढी पत्रकारहरु तथा सञ्चारकर्मीहरुको निःशुल्क स्वास्थ्य जाँच गरिएको अस्पतालले जनाएको छ ।  
चन्द्रपुरमा रहेको तराई एक्सप्रेस दैनिक, हाइवे न्युज दैनिक, जन सरोकार दैनिक, गुञ्जन एफएम, रेडियो सुप्रिम लगायत विभिन्न राष्ट्रिय सञ्चार गृहका पत्रकारहरुका साथै सञ्चारकर्मीहरुको रगत,छातीको एक्सरे,रक्तचाप र इसिजी गरिएको डा.चौधरीले बताउनु भयो ।

सम्बन्धित समाचार