Close This

हुलाकी सडक निर्माण सुरु गर्न एक हप्ते अल्टीमेटम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-१३ गते   ३३५ पटक हेरिएको

जिल्लाको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य एक हप्ताभित्र अघि नबढे आन्दोलनमा उत्रने स्थानियबासीले चेतावनी दिएका छन । ठेकेदारले लार्पबाही गरेका  कारण लामो समयसम्म पनि अलपत्र अवस्थामा रहेको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य यथासिघ्र सुचारु नगरेको जिल्लाका राजनैति दल र स्थानियबासी आन्दोलतनमा उत्रने भएका हुन  ।
शनिवार सर्लाही सदरमुकाम मलंगवामा बसेको सर्वदलिय बैठकले मङ्सिर २१ गतेसम्म सडक निर्माणको काम अघि नबढे संघर्षमा उत्रने निर्णय गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले राससलाई बताउनु भयो । संघीय सरकारबाट एक हप्तासम्म सडकको निर्माण कार्य अघि बढाउन पहल नभए मङ्सिर २१ गतेदेखि आन्दोलनमै उत्रने बैठकले निर्णय गरेको सभापति चौधरीको भनाई छ ।
बैठकले अहिलेका ठेकेदारमार्फत सडक निर्माणको काम पूरा हुन नसक्ने भन्दै नयाँ ठेकेदारमार्फत काम अघि बढाउन पनि माग गर्नु भयो । मलङ्गवादेखि पूर्वतर्फ सङ्ग्रामपुरसम्म, मलङ्गवादेखि पश्चिम रोहुवासम्म र त्यहाँदेखि बलरासम्म तीन खण्डमा गरी सडकको ठेक्का लागेपनि ठेकेदारले केही समय अघि माटो भर्ने लगायत सामान्य काम गरेपनि अन्य काम अघि बढाएको छैन । माटो भरेको ठाउँमा अहिले ठूल्ठूला खाल्डाखुल्डी परेर बुङबुङती धूलो उडिरहेको छ ।
क वर्गको ठेकदार भएपनि आफुसंग आवश्यक मेसिनरी साधन,अन्य आवश्यक सामग्री नरहेको कारण पनि नर्मिाण कायै ठिलो भएको भन्दै उनै ठेकदारबाट यो सडक निर्माणको काम सम्भव नरहेको सभापति चौधरीले बताउनु भयो । हुलाकी सडक छेउछाउको बसाई र यात्रा अत्यन्त कष्टकर बनिरहेको स्थानीय वासिन्दाले गुनासो गरिरहेका छन् । हुलाकी सडकको बिजोग अवस्था देखेर सरोकारवालाहरु सडक बनाउने कार्यमा तातेका छने स्थानियबासीले पटकपटक निर्माण कार्यसुचारु गर भन्दै दवाव मुलक आन्दोहरु गरिरहेका छन् ।
सडक नबन्दा धूलोले जनजीवन निकै आक्रान्त भएको भन्दै बैठकमा सहभागी सांसद, स्थानय निकायका प्रमुख र नागरिक समाजका अगुवाहरु नियमनकारी निकायमका प्रतिनिधिहरु, सडक कार्यालय र ठेकेदारका प्रतिनिधिसँग आक्रोशित भई प्रस्तुत भएका थिए । छलफलमा नेपाल–भारत सीमा नाका खुलाउन निरन्तर पहल र सङ्घर्ष गरिरहने निर्णय समेत भएको छ ।
बैठकमा सर्लाहीको २ र ४ नम्वर क्षेत्रका सङ्घीय सांसद महेन्द्र राय यादव र डा. अमरेश कुमार सिंह, प्रदेश सभा सदस्यहरु अशोक कुमार यादव, उपेन्द्र महतो, गौरीनारायण साह, हुलाकी सडकमा पर्ने विभिन्न पालिकाका प्रमुख, शीर्ष राजनीतिक दलका नेता, सुरक्षा अधिकारी, हुलाकी सडक हेर्ने चन्द्रनिगाहपुर र जनकपुरका प्रमुख, ठेकेदारका प्रतिनिधि, नागरिक समाज लगायत सहभागी थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech