हरिवन ८ को निःशुल्क स्वास्थ्य शिविरबाट १ सय ६९ जना वडाबासी लाभान्वित

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-५-१ गते   ४२४ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ८ स्थित रहेको स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडाबासीलाई गाउँ घरमै विशेषज्ञ सेवा सहितको निःशुल्क रुपमा सञ्चालन गरिएको शिविरमा २५ जना बाल रोग,६४ जना स्त्री रोग,८० जना जेनरल फिजिसियन गरी कुल १ सय ६९ जनाले स्वास्थ्य सेवा लिएका हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका राम बाबू चौधरीले जानकारी दिए ।


उनका अनुसार वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.रुविना ताम्राकार,एमविवियस,एमडी एवम जेनरल फिजिसियन डा.मनबोध कुमार साह र बाल रोग विशेषज्ञ डा.आनन्द रौनियारको विशेष उपस्थितिमा हरिवन नथरपमलिबा ८ स्थित रहेको स्वास्थ्य चौकीमा निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
 विशेषज्ञ स्वास्थ्य सेवा शिविरको रुपमै भएपनि गाउाघरमै पाउँदा हरिवन नगरपालिका ८ का स्थानीय निकै खुसी भएका छन् । 
हरिवन नगरपालिकाकी नगर उप–प्रमुख–हरिमाया घलानको प्रमुख आतिथ्यतामा सुरु भएको शिविरमा सहभागी भएर सेवा लिएका वडाबासी र शिविरमा अतुलनिय सहयोग पुर्याउने स्वास्थ्यकर्मीहरुलाई हरिवन नगरपालिका ८ का वडा अध्यक्ष प्रज्वल ढुंगानाले धन्यवाद समेत दिएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech