Close This

१५० वेडको क्वारेन्टाईन निर्माण तिब्रगतीमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-८ गते   ५८९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ मा १ सय ५० वेडको क्वारेन्टाईनको निर्माण कार्य तिब्र गतिमा भई रहेको छ ।लालबन्दी नगरपालिका १ को कृर्षि सामाग्री कम्पनी लिमिटेडको भवनमा क्वारेनटाईन निर्माण तिबैगतीमा भई रहेकोे लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । 


नगरबासीको मागपछि शान्त तथा व्यावस्थीत र बस्ती भन्दा टाढा रहेको कृर्षि सामाग्री कम्पनी लिमिटेडको भवनमा नगर भित्रको एक मात्र क्वारेन्टाईन निर्माणको काम तिब्रगतीमा भई रहेको लालबन्दी नगरपालिका वडा वडा नम्बर ५ का वडा अध्यक्ष मोहनहरी भण्डारीले बताउनु भयो ।
१ सय ५० वेड क्षमताको क्वारेन्टाईन सोमबारबाट निर्माण सुरु गरिएको मंगलबार,बुधबार र बिहीबार पनि शुद्ध पिउँने पानी,विजुली बत्ती,सुरक्षा,सौचालय,सरसफाई,सिसि क्यामेरा लगायत घेराबेराको काम तिब्रगतीमा भई रहेको लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती कुमारी लामाले जानकारी दिनु भयो ।  नगरका विभिन्न स्थानमा होम क्वारेन्टाईनमा बसेका नागरीकहरुलाई सो क्वारेन्टाईनमा लगेर व्यावस्थापन गर्ने लक्ष्य रहेको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी प्रमुख डा.चन्दन चौधरीले बताउनु भयो । 


नगरका विभिन्न स्थानका होम क्वारेन्टाईन तथा क्वारेन्टाईनमा बसेका नागरीकहरुलाई निर्माणाधिन क्वारेन्टाईनमा लगेर राखिने डा. चौधरीले बताउनु भएको छ । सो क्वारेन्टाईनमा बाहिरबाट आउने शंकास्पद मानिसहरुलाई व्यावस्थापन गर्ने लक्ष्यका साथ क्वारेन्टाईनलाई थप सुविधा सम्पन्न बनाउने काम भई रहेको नगरपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech